·

शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर आजदेखि खुला

Author

NEPSE TRADING

शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर आजदेखि खुला

शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले आजदेखि (भदौ १९ गते) शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयरको अनुपातमा १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्न लागेको हो। यसरी कुल १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन हुने छ।

यस प्रयोजनका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो, जसअनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले आवेदन दिन सक्नेछन्। हकप्रदमा आवेदन दिने म्याद असोज ८ गतेसम्म रहेको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल बी माइनस’ इस्यूअर रेटिङ्ग दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। हकप्रद शेयरको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले उक्त कम्पनीको कार्यालयसहित सिटिजन्स बैंक इन्टरनेशनलका विभिन्न शाखाबाट वा सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ्गले निर्माण गरेको ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ भने हकप्रद निष्काशनपछि पूँजी दोब्बर भई २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ। संकलित रकम कम्पनीले बैंक ऋण भुक्तानीमा प्रयोग गर्ने योजना बनाएको छ।

Related News