श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ आम सर्वसाधारणका लागि खुला
Author
NEPSE TRADING

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज असोज २६ गतेदेखि आम सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) निष्कासन खुला गरेको छ। कम्पनीले प्रति कित्ता रु. १०० अंकित मूल्यमा कुल ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर जारी गर्ने अनुमति पाएको छ।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९ हजार ९३८ कित्ता र आयोजना प्रभावित क्षेत्रका लागि १ लाख ६३ हजार १२५ कित्ता आईपीओ वितरण गरिसकेको छ। अब कम्पनीले सामूहिक लगानी कोष (म्युचुअल फन्ड)का लागि १ लाख ५४ हजार ९६९ कित्ता र आफ्ना कर्मचारीका लागि १ लाख २३ हजार ९७५ कित्ता सुरक्षित गरी बाँकी २५ लाख १० हजार ४९३ कित्ता शेयर आम सर्वसाधारणका लागि खुला गरेको हो।
निवेशकले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। आवेदन अवधि असोज २६ गतेदेखि असोज २९ गतेसम्म खुला रहनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापन नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले गरेको छ। आवेदन नेपालभरका सिडीएससीद्वारा स्वीकृत बिक्रेता सदस्य तथा मेरो शेयर एपमार्फत ऑनलाइन रूपमा समेत दिन सकिनेछ।