‘शुभ लक्ष्मी कोष’ले १६% लाभांश घोषणा, साउन १३ मा बुक क्लोज
Author
NEPSE TRADING

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘शुभ लक्ष्मी कोष’ले आ.व. २०८१/८२ का लागि इकाइधनीलाई करसहित १६ प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने घोषणा गरेको छ।
साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। कोषको कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक रहेको छ भने योजना व्यवस्थापक तथा डिपोजिटरी लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लाभांश वितरणका लागि साउन १३ गते (मंगलबार) बुक क्लोज गरिनेछ। सो दिन बुक क्लोज हुने भएकाले साउन १२ गतेसम्म कायम रहेका इकाइधनीले मात्र यो लाभांश पाउनेछन्।
खुलामुखी योजनाका रुपमा सञ्चालनमा रहेको ‘शुभ लक्ष्मी कोष’मा लगानीकर्ताले घोषित प्रतिफल पुनः लगानीका रूपमा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
तर, पुनः लगानी योजनामा सहभागी नहुने इकाइधनीका लागि भने क्यापिटलले लाभांश रकम सम्बन्धित हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिने जानकारी दिएको छ।