साइडवेज ट्रेन्ड ? नेप्से परिसूचक सामान्य अंक घटेर बन्द
Author
NEPSE TRADING

बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिनमा परिसूचकले सकारात्मक वृद्धि देखाएको थियो, तर यस दिन बजारको परिप्रेक्ष्यमा कमजोरी देखिएको छ। यस दिन नेप्से परिसूचक ९.७० अंक घटेर २७६७.२० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स पनि २.१० अंक घटेको छ, र फ्लोट इण्डेक्स तथा सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः ०.६८ अंक र ०.७२ अंक घटेका छन्। यसले दर्शाउँछ कि बजारमा सामान्य नकरात्मक दबाब रहेको छ। कारोबार रकमको हिसाबले पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिनमा ५ अर्ब ६३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो भने बुधबार ३२३ स्टकको ५३,८५३ पटकको कारोबारमा ५ अर्ब २० करोड ७ लाख ५३ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आजदेखि कारोबारमा आएको विकास हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसको शेयरमूल्य २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ ३० पैसामा बन्द भएको छ। यसै गरी, चन्द्रागिरी हिल्सको शेयरमूल्यमा करिब साढे ७ प्रतिशतको वृद्धि देखिएको छ। केबिएल डिबेञ्चर २०८६ ऋणपत्रको मूल्यमा पनि ७ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ। पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ९.०३ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीले शीर्ष स्थान ओगटेको छ। यस कम्पनीको २५ करोड ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। हिमालयन रि इन्स्योरेन्सको २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। कारोबारको विश्लेषण गर्दा, १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहका परिसूचक बढेका छन्। होटल तथा पर्यटन उपसमूहको परिसूचक २.०३ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचकमा १.०६ प्रतिशतको गिरावट आएको छ ।
अब लागौ प्रविधिक विश्लेषण तर्फ
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजको कारोबारले साइडवेज ट्रेन्ड देखाएको छ, जसमा बजारले प्रमुख समर्थन स्तरमा समायोजन गरेको छ । शेयर विश्लेषक अजित खनालका अनुसार बजार ५० दिनको मूभिङ एभरेज र ६१% फिबोनाच्ची रिट्रेसमेन्ट स्तरमा पंहुंचेर बन्द भएको छ । यो लेवलले बजारको स्टेबिलिटीलाई देखाउँछ र यदि यो समर्थन स्तर कायम रहन्छ भने बजारमा सकारात्मक र नकारात्मक दुवै पक्ष बलियो देखिँदैन । आजको कारोबारमा, बजारले हिजोको उच्चतम बिन्दुलाई तोड्ने प्रयास गरेन । बरु, बजारले हिजोको लो लोई ब्रेकडाउन गर्दै तल झरेको छ । यसका बावजूद, बजारले साइडवेज क्यारेक्टर देखाउँदै ५० दिनको मूभिङ एभरेज र ६१% रिट्रेसमेन्टको समर्थन स्तरमा पुगेर बन्द गरेको छ । क्यान्डल चार्टको विश्लेषण अनुसार, बजारमा बायर र सेलर दुवैको सक्रियता कमजोर देखिएको छ, र कारोबार रकमले पनि यसलाई पुष्टि गरेको छ । यो क्षेत्र भनेको एक ’एक्युमुलेसन जोन’ हो जसमा लगानीकर्ताले बढी जोखिम नलिई पोर्टफोलियो निर्माण गर्न सक्ने दवी विश्लेषकको छ ्। आजको कारोबारमा, हाइड्रो पावर क्षेत्रको कारोबार हिस्सा घटेको छ भने, ’ओथर्स’ र मैन्युफ्याक्चरिंग क्षेत्रको कारोबार हिस्सा भने बढेको छ । १० ठुला ब्रोकरका कारोबार विश्लेषण गर्दा, किनबेच ५–५ को बराबरी देखिएको छ ।