NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sideways Trend Analysis - NEPSE Market Update
    साइडवेज ट्रेन्ड ?  नेप्से परिसूचक सामान्य अंक घटेर बन्द
    Investor
    2 min read
    Updated on August 21, 2025
    NEPSE TRADING

    साइडवेज ट्रेन्ड ? नेप्से परिसूचक सामान्य अंक घटेर बन्दSideways Trend Analysis - NEPSE Market Update

    बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिनमा परिसूचकले सकारात्मक वृद्धि देखाएको थियो, तर यस दिन बजारको परिप्रेक्ष्यमा कमजोरी देखिएको छ। यस दिन नेप्से परिसूचक ९.७० अंक घटेर २७६७.२० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स पनि २.१० अंक घटेको छ, र फ्लोट इण्डेक्स तथा सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः ०.६८ अंक र ०.७२ अंक घटेका छन्। यसले दर्शाउँछ कि बजारमा सामान्य नकरात्मक दबाब रहेको छ। कारोबार रकमको हिसाबले पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिनमा ५ अर्ब ६३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो भने बुधबार ३२३ स्टकको ५३,८५३ पटकको कारोबारमा ५ अर्ब २० करोड ७ लाख ५३ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आजदेखि कारोबारमा आएको विकास हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसको शेयरमूल्य २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ ३० पैसामा बन्द भएको छ। यसै गरी, चन्द्रागिरी हिल्सको शेयरमूल्यमा करिब साढे ७ प्रतिशतको वृद्धि देखिएको छ। केबिएल डिबेञ्चर २०८६ ऋणपत्रको मूल्यमा पनि ७ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ। पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ९.०३ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीले शीर्ष स्थान ओगटेको छ। यस कम्पनीको २५ करोड ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। हिमालयन रि इन्स्योरेन्सको २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। कारोबारको विश्लेषण गर्दा, १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहका परिसूचक बढेका छन्। होटल तथा पर्यटन उपसमूहको परिसूचक २.०३ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचकमा १.०६ प्रतिशतको गिरावट आएको छ ।

    अब लागौ प्रविधिक विश्लेषण तर्फ

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजको कारोबारले साइडवेज ट्रेन्ड देखाएको छ, जसमा बजारले प्रमुख समर्थन स्तरमा समायोजन गरेको छ । शेयर विश्लेषक अजित खनालका अनुसार बजार ५० दिनको मूभिङ एभरेज र ६१% फिबोनाच्ची रिट्रेसमेन्ट स्तरमा पंहुंचेर बन्द भएको छ । यो लेवलले बजारको स्टेबिलिटीलाई देखाउँछ र यदि यो समर्थन स्तर कायम रहन्छ भने बजारमा सकारात्मक र नकारात्मक दुवै पक्ष बलियो देखिँदैन । आजको कारोबारमा, बजारले हिजोको उच्चतम बिन्दुलाई तोड्ने प्रयास गरेन । बरु, बजारले हिजोको लो लोई ब्रेकडाउन गर्दै तल झरेको छ । यसका बावजूद, बजारले साइडवेज क्यारेक्टर देखाउँदै ५० दिनको मूभिङ एभरेज र ६१% रिट्रेसमेन्टको समर्थन स्तरमा पुगेर बन्द गरेको छ । क्यान्डल चार्टको विश्लेषण अनुसार, बजारमा बायर र सेलर दुवैको सक्रियता कमजोर देखिएको छ, र कारोबार रकमले पनि यसलाई पुष्टि गरेको छ । यो क्षेत्र भनेको एक ’एक्युमुलेसन जोन’ हो जसमा लगानीकर्ताले बढी जोखिम नलिई पोर्टफोलियो निर्माण गर्न सक्ने दवी विश्लेषकको छ ्। आजको कारोबारमा, हाइड्रो पावर क्षेत्रको कारोबार हिस्सा घटेको छ भने, ’ओथर्स’ र मैन्युफ्याक्चरिंग क्षेत्रको कारोबार हिस्सा भने बढेको छ । १० ठुला ब्रोकरका कारोबार विश्लेषण गर्दा, किनबेच ५–५ को बराबरी देखिएको छ ।

    On Wednesday, the Nepal Stock Exchange (NEPSE) index closed lower, shedding 9.70 points to reach 2767.20. This comes after two consecutive days of positive growth. The Sensitive Index also dropped by 2.10 points, while the Float Index and Sensitive Float Index saw declines of 0.68 points and 0.72 points, respectively. These movements indicate some bearish pressure in the market.

    There was also a drop in trading volume. On the previous day, shares worth NPR 5.63 billion were traded, but on Wednesday, the market saw a turnover of NPR 5.20 billion with 323 stocks and 53,853 transactions, amounting to 1.52 million shares being traded. Among the notable stocks, Development Hydropower's shares saw a positive surge, closing at NPR 321.30, up by NPR 29.20. Similarly, Chandragiri Hills witnessed a 7.5% rise in its stock price, while KB L Debenture 2086 saw a gain of over 7%. Panchakanya My Hydropower’s stock price, however, declined by 9.03%.

    In terms of trading volume, Nepal Reinsurance Company topped the charts, with a turnover of NPR 250.9 million. Himalayan Reinsurance followed closely with over NPR 210 million in trade.

    Analyzing the market by sectors, out of the 13 sub-sectors, 2 showed an increase, while 11 saw a decline. The Hotel & Tourism and Mutual Fund sub-sectors experienced a rise, with Hotel & Tourism seeing an increase of 2.03%, whereas the Trading sub-sector declined by 1.06%.

    Technical Analysis: Sideways Trend

    Today’s market behavior displayed a sideways trend, with the NEPSE index testing key support levels. According to stock analyst Ajit Khanal, the market reached and closed near the 50-day Moving Average and the 61% Fibonacci retracement level, which indicates the market's stability. If this support level holds, neither the positive nor negative market bias will be very strong.

    Despite attempts to break the previous day's high, the market did not succeed. Instead, it broke down below the low of the previous day, showing a bearish tendency. However, the market ended with a sideways movement, confirming the support at the 50-day moving average and 61% Fibonacci retracement.

    From a candlestick analysis perspective, both buyers and sellers showed weaker activity, which was also confirmed by the turnover. This zone is termed an "accumulation zone," where investors can build their portfolios with lower risks, according to analysts.

    In sector-specific trading, the Hydro Power sector saw a decline in its share of trading volume, while the 'Others' and Manufacturing sectors gained in market share. A look at the top 10 brokers reveals a balanced buy-sell ratio of 5:5.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026