NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Six Arrested in Itahari for Involvement in Illegal Cryptocurrency, Hundi, and Online Gambl...
    इटहरीमा क्रिप्टोकरेन्सी, हुन्डी र अनलाइन जुवामा संलग्न ६ जना पक्राउ
    Top
    1 min read
    Published on June 13, 2025
    NEPSE trading

    इटहरीमा क्रिप्टोकरेन्सी, हुन्डी र अनलाइन जुवामा संलग्न ६ जना पक्राउSix Arrested in Itahari for Involvement in Illegal Cryptocurrency, Hundi, and Online Gambling

    अवैधरूपमा क्रिप्टोकरेन्सी, हुन्डी तथा अनलाइन गेमिङमार्फत करोडौँको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले इटहरीबाट ६ जनालाई पक्राउ गरेको छ।

    कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गतको प्रदेश अनुसन्धान टोली (पीआइटी) ले विशेष अपरेसनमार्फत उनीहरूलाई तीन दिनभित्र इटहरी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीले जनाए अनुसार पक्राउ परेकाहरूले डेढ करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेका थिए।

    पक्राउ परेकाहरूमा सुनसरीको इटहरी–१२ खनारका २७ वर्षीय प्रभु नारायण चौधरी, इटहरी–११ का २७ वर्षीय प्रशिन चौधरी, इटहरी–७ का सुरज भनिने २२ वर्षीय सन्तोष कुमार साह, इटहरी–११ का २६ वर्षीय चन्दन डोम, मोरङ सुन्दरहरैंचा–२ का २० वर्षीय निसान कुमार खवास र इटहरी–१२ का ३२ वर्षीय लालबहादुर गौतम रहेका छन्।

    प्रहरीका अनुसार दुई समूहमा विभाजित उक्त गिरोहको एक समूहको नेतृत्व प्रभु नारायण र प्रशिन चौधरीले गरेका थिए भने अर्को समूह सन्तोष कुमार साहले चलाएका थिए।

    प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले बाइनेन्स क्रिप्टो वालेट र क्यास एप प्रयोग गरी अमेरिकी डलर, भारतीय रुपैयाँ र नेपाली रुपैयाँको अवैध सटही गर्ने, अनलाइन जुवा खेलाउने र तेस्रो पक्षको कारोबारमा सहजीकरण गर्ने कार्य गर्दै आएका थिए। यसका लागि उनीहरूले प्रतिकेसमा ५ देखि २० प्रतिशतसम्मको कमिसन लिने गरेको पाइएको छ।

    उनीहरूको अस्वाभाविक रूपमा खर्चिलो जीवनशैलीप्रति प्रहरी शंकित रहँदै आएको थियो। प्रहरीका अनुसार प्रभु यसअघि पनि मोरङबाट हुन्डी कारोबारकै आरोपमा पक्राउ परेका थिए।

    पक्राउ परेकाहरूको साथबाट उच्च प्रोसेसरयुक्त मोबाइल सेटहरू बरामद गरिएको छ। प्रभुको साथबाट दुई थान र प्रशिनको साथबाट एक थान मोबाइल फेला परेको छ। उनीहरू घरमै बसेर यस्तो कारोबार सञ्चालन गर्दै आएका थिए भने हालै मात्र आलिसान घरसमेत बनाएका थिए।

    नेपाल राष्ट्र बैंकको अनुमति बिना विदेशी भौतिक क्रिप्टोको कारोबार गरेको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई जेठ २७ गते इलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको छ। जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    Six individuals have been arrested in Itahari for allegedly engaging in illegal cryptocurrency trading, hundi (informal money transfer), and online gambling operations involving transactions worth over NPR 15 million.

    The arrests were made by the Province Investigation Team (PIT) under the Koshi Province Police Office during a three-day special operation in the Itahari sub-metropolitan area.

    According to police, those arrested are:

    • Prabhu Narayan Chaudhary (27), Itahari-12, Khanar

    • Prashin Chaudhary (27), Itahari-11

    • Santosh Kumar Sah alias Suraj (22), Itahari-7

    • Chandan Dom (26), Itahari-11

    • Nisan Kumar Khawas (20), Sundarharaicha-2, Morang

    • Lal Bahadur Gautam (32), Itahari-12

    The group was operating in two teams. One team was led by Prabhu Narayan and Prashin Chaudhary, while the other was led by Santosh Kumar Sah. Police say both groups were actively using Binance crypto wallets and Cash App to facilitate illegal foreign currency exchanges involving U.S. dollars, Indian rupees, and Nepali rupees.

    They also ran illegal online gambling platforms and facilitated transactions for third parties, earning commissions ranging from 5% to 20%. High-performance smartphones were seized from the suspects—two from Prabhu and one from Prashin.

    According to Deputy Superintendent of Police (DSP) Laxmi Narayan Bhandari of the Area Police Office Itahari, Prabhu had previously been arrested in Morang for similar crypto-based hundi operations. Both he and Prashin had been under police surveillance due to their unusually lavish lifestyle and unverified sources of income.

    Police confirm that these operations were being conducted without authorization from Nepal Rastra Bank. The suspects were handed over to the Area Police Office, Itahari, on Jestha 27 (June 10) and have been placed under a 7-day judicial custody by Sunsari District Court for further investigation.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026