
थप ६ ब्रोकरले मार्जिन कारोबार अनुमति पाउँदै, बजारमा कर्जा विस्तारको तयारीSix More Brokers Set to Receive Approval for Margin Trading, Preparing to Expand Market Lending
काठमाडौं । सेयर बजारमा मार्जिन कारोबार सुविधा विस्तार हुने भएको छ। सञ्चालनमा रहेका थप ६ वटा ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट अन्तिम स्वीकृति पाएपछि लगानीकर्तालाई मार्जिन ट्रेडिङ सेवा उपलब्ध गराउने भएका छन्।
क्यापिटल म्याक्स, सेयर प्रो सेक्युरिटिज, कलस स्टक मार्केट, माछापुच्छ्रे सेक्युरिटिज, एसपीएस सेक्युरिटिज र सजिलो ब्रोकरले नेपाल राष्ट्र बैंकबाट आवश्यक प्रक्रिया पूरा गरिसकेका छन्। अब नेप्सेको अन्तिम अनुमति पाएलगत्तै उनीहरूले सेवा सुरु गर्न सक्नेछन्।
हाल ९२ वटा ब्रोकर कम्पनीमध्ये ३१ वटाले मार्जिन कारोबारको अनुमति लिइसकेका छन्। केही कम्पनीले सेवा सुरु गरिसकेका छन् भने अन्यले बैंक तथा वित्तीय संस्थाबाट स्रोत जुटाएर लगानी विस्तारको तयारी गरिरहेका छन्।
मार्जिन कारोबारका लागि ठूलो रकम परिचालन गर्नुपर्ने भएकाले केही ब्रोकर कम्पनीले बैंक कर्जाका लागि क्रेडिट रेटिङ प्रक्रिया अघि बढाएका छन्। क्यापिटल म्याक्सले ५० करोड रुपैयाँ कर्जाका लागि रेटिङ प्रक्रिया अघि बढाएको जनाएको छ भने केही ठूला ब्रोकर कम्पनीले अर्बौं रुपैयाँसम्म कर्जा जुटाउने तयारी गरेका छन्।
नासा सेक्युरिटिजले हालसम्म करिब १ अर्ब रुपैयाँ बराबरको मार्जिन कर्जा प्रवाह गरिसकेको र आगामी दिनमा यसलाई ३ अर्ब रुपैयाँसम्म विस्तार गर्ने योजना बनाएको जनाएको छ। कम्पनीले मार्जिन कर्जामा मासिक करिब १ प्रतिशत ब्याज लिने गरेको छ।
मार्जिन कारोबार विस्तारले ब्रोकर कम्पनीको आम्दानी संरचनामा समेत परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। हाल अधिकांश ब्रोकरको आम्दानी मुख्य रूपमा कारोबार कमिसनमा निर्भर रहेकामा मार्जिन कर्जाबाट प्राप्त हुने ब्याज आम्दानीले थप स्रोत सिर्जना गर्ने अनुमान गरिएको छ।
धितोपत्र बोर्डले जारी गरेको मार्जिन ट्रेडिङसम्बन्धी निर्देशिकाले ब्रोकर कम्पनीलाई यस्तो सेवा सञ्चालन गर्ने आधार तयार गरेको हो। लगानीकर्ताले आफ्नो केही रकम लगानी गरी बाँकी रकम कर्जामार्फत सेयर खरिद गर्न सक्ने भएकाले यसले बजार कारोबार बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तर, बजार घटेको अवस्थामा मार्जिन कारोबारले लगानीकर्ताको जोखिम पनि बढाउन सक्ने भएकाले कर्जा व्यवस्थापन र जोखिम नियन्त्रणमा ध्यान दिनुपर्ने बजार विश्लेषकहरूको भनाइ छ।
Kathmandu: Six additional brokerage companies are set to receive final approval to provide margin trading services in Nepal’s secondary market. After obtaining the final clearance from the Nepal Stock Exchange (NEPSE), Capital Max, Share Pro Securities, Kalash Stock Market, Machhapuchhre Securities, SPS Securities, and Sajilo Broker will be able to offer margin facilities to investors.
The companies have already completed the required approval process from Nepal Rastra Bank, with only the final approval from NEPSE remaining. Once the approval is granted, the brokers can begin providing margin trading services.
Currently, 31 out of 92 brokerage companies have received permission to operate margin trading facilities. While some brokers have started limited services, others are preparing to expand their operations by arranging larger funding sources from banks and financial institutions.
Several brokerage firms are moving ahead with credit rating processes to secure bank loans for margin lending. Capital Max Securities, for instance, is undergoing credit rating for a proposed loan of Rs 500 million. Other brokers, including Nasa Securities, Vision Securities, and Trishakti Securities, have also initiated rating processes for larger credit facilities.
Nasa Securities has already provided around Rs 1 billion in margin loans to clients and plans to increase its margin lending portfolio to Rs 3 billion. The company charges around 1 percent monthly interest on margin loans, with some flexibility for clients taking loans for longer periods.
The expansion of margin trading is expected to diversify brokerage companies’ income sources. Currently, most brokers generate more than 95 percent of their revenue from transaction commissions. Income from interest on margin loans could provide an additional and more stable revenue stream.
Market participants believe that the growth of margin trading, along with possible expansion of facilities such as short selling, intraday trading, and participation of non-resident Nepalis in the secondary market, could increase liquidity and trading activity.
However, analysts have also warned that margin trading carries higher risks during market downturns. While borrowed funds can increase investors’ purchasing capacity during rising markets, losses can also increase if share prices decline. Therefore, effective risk management will remain crucial as margin trading expands in Nepal’s stock market.



