NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Smartphone Imports in Nepal Rise by 40% Amid Election Activities
    चुनावी सरगर्मीसँगै नेपालमा स्मार्टफोन आयात ४० प्रतिशतले वृद्धि
    Top
    1 min read
    Published on February 23, 2026
    NEPSE TRADING

    चुनावी सरगर्मीसँगै नेपालमा स्मार्टफोन आयात ४० प्रतिशतले वृद्धिSmartphone Imports in Nepal Rise by 40% Amid Election Activities

    काठमाडौं । चुनावी सरगर्मीसँगै नेपालमा स्मार्टफोनको आयात उल्लेखनीय रूपमा बढेको छ। यही फागुन २१ गते देशभर प्रतिनिधिसभाको निर्वाचन हुन लाग्दा सार्वजनिक भएको भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्म सात महिनामा २६ अर्ब ६८ करोड रुपैयाँ बराबरका १४ लाख १४ हजार स्मार्टफोन आयात भएका छन्। यस अवधिमा सरकारले ४ अर्ब ९७ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा स्मार्टफोन आयात ४०.५९ प्रतिशतले बढेको देखिएको छ। माघ महिनामा मात्र ३ अर्ब ३८ करोड रुपैयाँका १ लाख ६२ हजार मोबाइल आयात भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशतले बढी हो।

    नेपालमा आयात भएका मोबाइलमा १३ प्रतिशत भ्याट र ५.६५ प्रतिशत अन्तशुल्क लाग्ने भएकाले कुल १८.६५ प्रतिशत रकम सरकारलाई राजस्वका रूपमा तिर्नुपर्छ। साथै आयातकर्ता, होलसेलर र रिटेलरको मार्जिनका कारण उपभोक्तासम्म पुग्दा मोबाइलको मूल्य करिब ४० प्रतिशतसम्म बढ्ने गरेको छ। माघ महिनामा आयात भएका मोबाइलको भन्सार मूल्य ३ अर्ब ३८ करोड भए पनि बजारमा यसको मूल्य करिब ४ अर्ब ४७ करोड रुपैयाँ पुगेको देखिन्छ।

    तथ्यांकअनुसार नेपालमा मासिक औसत १ लाख ६२ हजार स्मार्टफोन आयात हुँदै आएको छ र ती अधिकांश बजारमै खपत भइरहेको देखिन्छ। बजारमा एउटा मोबाइलको औसत मूल्य करिब २९ हजार रुपैयाँ रहेको छ भने २० देखि ३० हजार रुपैयाँसम्मका मोबाइलको माग बढी रहेको व्यवसायीहरू बताउँछन्। पछिल्लो समय एआई सपोर्ट भएका आधुनिक मोबाइलको प्रयोग बढ्दै गएकाले महंगा स्मार्टफोनको माग पनि बढ्दै गएको छ। नयाँ मोडल आउने, पुरानो बिग्रने, हराउने तथा प्रविधि अपडेट गर्ने प्रवृत्तिका कारण पनि मोबाइलको खपत निरन्तर बढिरहेको देखिन्छ।

    Kathmandu – Along with increasing political activities ahead of the upcoming House of Representatives election on Falgun 21, smartphone imports in Nepal have also risen significantly. According to the latest data published by the Department of Customs, smartphones worth Rs. 26.68 billion were imported during the first seven months (Shrawan to Magh) of the current fiscal year 2082/83. A total of 1.414 million smartphones were imported during this period, generating customs revenue of Rs. 4.97 billion for the government. Compared to the same period last fiscal year, smartphone imports have increased by 40.59 percent. In Magh alone, 162,000 mobile phones worth Rs. 3.38 billion were imported, reflecting a 49 percent growth.

    Imported smartphones are subject to 13 percent VAT and 5.65 percent excise duty, making the total tax burden 18.65 percent. Additionally, profit margins of importers, wholesalers, and retailers raise the final market price by around 40 percent before reaching consumers. As a result, smartphones imported in Magh at Rs. 3.38 billion were sold in the market at an estimated value of Rs. 4.47 billion.

    On average, Nepal imports about 162,000 smartphones every month, most of which are consumed domestically. The average price of a smartphone in the market is around Rs. 29,000, while devices priced between Rs. 20,000 and Rs. 30,000 are the most popular among consumers. In recent years, the growing use of AI-supported and advanced smartphones has also increased demand for high-end devices. Frequent upgrades, device damage, loss, and rising technological needs have further contributed to the continuous growth in smartphone consumption.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026