NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Snow Rivers Limited to Launch IPO for General Public from Baisakh 29
    स्नो रिभर्स लिमिटेडको आईपीओ बैशाख २९ देखि खुल्दै, सर्वसाधारणका लागि ७.७८ लाख कित्ता निष्काशन
    Investor
    2 min read
    Published on April 27, 2026
    NEPSE TRADING

    स्नो रिभर्स लिमिटेडको आईपीओ बैशाख २९ देखि खुल्दै, सर्वसाधारणका लागि ७.७८ लाख कित्ता निष्काशनSnow Rivers Limited to Launch IPO for General Public from Baisakh 29

    काठमाडौँ । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने मिति तय गरेको छ। कम्पनीले आगामी बैशाख २९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको शेयर बाँडफाँट सम्पन्न भइसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणलाई लक्षित गर्दै आईपीओ खुलाउन लागिएको हो।

    कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ९ लाख ३७ हजार ५०० कित्ता स्थानीय बासिन्दाका लागि र ९३ हजार ७५० कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जुन वितरण भइसकेको छ। त्यसैगरी, ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र १८ हजार ७५० कित्ता कर्मचारीहरूका लागि पनि छुट्याइ बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

    अब बाँकी रहेको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो, जसको कुल मूल्य ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी हुन्छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी हुने यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। निष्काशन छिटोमा जेठ १ गतेभित्र बन्द हुनेछ भने पूर्ण आवेदन नपरेमा जेठ १२ गतेसम्म खुला रहनेछ।

    कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘डबल बी प्लस’ (BB+) रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। यस्तो रेटिङले लगानीकर्तालाई सम्भावित जोखिमबारे सतर्क रहन सुझाव दिने भए पनि विकास चरणका जलविद्युत कम्पनीहरूमा यस्तो स्तरको रेटिङ सामान्य मानिन्छ।

    स्नो रिभर्स लिमिटेडले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनामा कुल २ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ। प्रतिमेगावाट लागत करिब २० करोड रुपैयाँभन्दा माथि रहेको छ, जुन नेपालको सन्दर्भमा मध्यम–उच्च लागत मानिन्छ। आयोजनाको विद्युत उत्पादन अनुमति अवधि अझै ३१ वर्षभन्दा बढी बाँकी रहेकोले दीर्घकालीन आम्दानी सम्भावना रहेको देखिन्छ।

    आर्थिक विश्लेषणका हिसाबले हेर्दा आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.१७ वर्ष रहेको छ भने डिस्काउण्ट आधारमा १५.७७ वर्ष लाग्ने अनुमान गरिएको छ। यसले छोटो अवधिमा नगद प्रवाह स्थिर हुन सक्ने संकेत गरे पनि पूर्ण लाभ प्राप्त गर्न भने लामो समय कुर्नुपर्ने देखिन्छ।

    आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

    Kathmandu — Snow Rivers Limited is set to issue its Initial Public Offering (IPO) to the general public starting from Baisakh 29, following the successful allotment of shares to project-affected locals and Nepali workers employed abroad. The company is now entering the second phase of its public offering, targeting retail investors.

    The company had received approval to issue 20 percent of its total issued capital of Rs. 937.5 million, equivalent to 1.875 million shares. Out of this, 937,500 shares were already allocated to residents of the project-affected area, while 93,750 shares were distributed to Nepalis working abroad with valid labor permits. Additionally, 46,875 shares were allotted to mutual funds and 18,750 shares to company employees.

    In the current phase, the company will issue the remaining 778,125 shares to the general public at a face value of Rs. 100 per share, totaling approximately Rs. 77.81 million. Investors can apply for a minimum of 10 shares and a maximum of 1,000 shares. The IPO will close early on Jestha 1, and if not fully subscribed, it will remain open until Jestha 12.

    ICRA Nepal has assigned the company an issuer rating of “BB+,” indicating a moderate level of risk in its ability to meet financial obligations. While such ratings suggest caution, they are relatively common among hydropower companies in their early or expansion stages.

    Snow Rivers Limited is currently operating the 13.5 MW Super Kabeli Khola ‘A’ Hydropower Project, which has a total estimated cost of Rs. 2.71 billion. The cost per megawatt stands at approximately Rs. 20.14 million, placing it in the mid-to-high cost range for hydropower projects in Nepal. The project still has over 31 years remaining on its electricity generation license, suggesting long-term revenue potential.

    From a financial perspective, the project has a simple payback period of 8.17 years and a discounted payback period of 15.77 years. This indicates that while initial returns may stabilize within a reasonable timeframe, full recovery of investment will take longer, reflecting the long-term nature of hydropower investments.

    Sanima Capital Limited has been appointed as the issue and sales manager for the IPO. Interested investors can apply through the C-ASBA system via banks and financial institutions approved by the Securities Board of Nepal.

    Overall, the IPO presents an investment opportunity in Nepal’s growing hydropower sector, offering long-term return potential alongside moderate risk. As energy demand continues to rise, such projects are expected to play a key role in the country’s economic development, though investors are advised to carefully assess the associated risks before investing.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026