NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Soltee Hotel Holds 51st AGM, Dinesh Bahadur Bista Appointed Executive Chairman
    सोल्टी होटलको ५१औँ वार्षिक साधारण सभा सम्पन्न, दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्ष नियुक्त
    Investor
    1 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    सोल्टी होटलको ५१औँ वार्षिक साधारण सभा सम्पन्न, दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्ष नियुक्तSoltee Hotel Holds 51st AGM, Dinesh Bahadur Bista Appointed Executive Chairman

    काठमाडौं । सोल्टी होटल लिमिटेडको ५१औँ वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाबाट नयाँ सञ्चालक समिति गठन हुनुका साथै दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् ।

    पाँचतारे डिलक्स सोल्टी होटल लिमिटेडले विगत ६ दशकभन्दा बढी समयदेखि नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान दिँदै आएको उल्लेख गर्दै सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा एकीकृत आर्थिक विवरण सर्वसम्मत रूपमा पारित गरेको छ ।

    साधारण सभाले सोही आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने र १५५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि स्वीकृत गरेको छ । यससँगै, आर्थिक वर्ष २०८२/८३ का लागि जे.बी. राजभण्डारी एण्ड डिविन्स, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौंलाई वैधानिक लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ ।

    साधारण सभाबाट ९ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । समितिमा संस्थागत शेयरधनीहरूको तर्फबाट पाँच जना, सर्वसाधारण शेयरधनीहरूको तर्फबाट तीन जना तथा एक जना स्वतन्त्र सञ्चालक चयन भएका छन् ।

    संस्थागत शेयरधनी सोल्टी इन्टरप्राइजेज प्राइभेट लिमिटेडको प्रतिनिधित्व गर्दै दिनेशबहादुर विष्ट, रवि भक्त श्रेष्ठ, राजेश काजी श्रेष्ठ र जया राज्यलक्ष्मी शाह सञ्चालकमा नियुक्त भएका छन् । नेपाल वायुसेवा निगमको प्रतिनिधित्व गर्दै अमृतमान श्रेष्ठ सञ्चालकमा नियुक्त भएका छन् ।

    सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रकाश विक्रम खत्री, शशीराज पाण्डे र निरञ्जन कुमार टिवरेवाला सञ्चालकमा निर्वाचित भएका छन् । यस्तै, डा. माधव गिरी स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् ।

    नयाँ सञ्चालक समितिको गठनसँगै सोल्टी होटलले व्यवस्थापन सुदृढ गर्दै पर्यटन क्षेत्रको पुनरुत्थान र दीर्घकालीन व्यवसायिक रणनीतिमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।

    Kathmandu — Soltee Hotel Limited successfully concluded its 51st Annual General Meeting (AGM) on Sunday in Kathmandu. The meeting approved the formation of a new Board of Directors and appointed Dinesh Bahadur Bista as the company’s Executive Chairman.

    A five-star deluxe hotel, Soltee Hotel Limited has been contributing to the development of Nepal’s tourism industry for more than six decades. The AGM unanimously approved the Board of Directors’ annual report for fiscal year 2021/22 (FY 2081/82), along with the audited financial statements and consolidated financial report.

    The meeting also endorsed the proposal to distribute a cash dividend of 16.57 percent of the paid-up capital and issue bonus shares at the rate of 155 percent from the profit of the same fiscal year. In addition, the AGM appointed J.B. Rajbhandari & Devins, Chartered Accountants, Kathmandu, as the statutory auditor for fiscal year 2022/23 (FY 2082/83) and approved the firm’s remuneration.

    A nine-member Board of Directors was elected from the AGM. Of the total members, five represent institutional shareholders, three represent general public shareholders, and one has been appointed as an independent director.

    Representing Soltee Enterprises Private Limited, Dinesh Bahadur Bista, Ravi Bhakta Shrestha, Rajesh Kaji Shrestha, and Jaya Rajyalaxmi Shah were appointed as directors. Amritman Shrestha was appointed to the board representing Nepal Airlines Corporation.

    From the public shareholders’ group, Prakash Bikram Khatri, Shashiraj Pandey, and Niranjan Kumar Tibrewala were elected as directors. Dr. Madhav Giri was appointed as the independent director.

    With the formation of the new board and leadership structure, Soltee Hotel is expected to strengthen its governance and focus on long-term business growth amid the ongoing recovery of the tourism sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026