NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Solu Hydropower Limited Opens IPO for Project-Affected Locals and Nepali Workers Abroad Fr...
    सोलु हाइड्रोपावर : आजदेखि स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ खुल्यो
    Investor
    2 min read
    Published on November 23, 2025
    NEPSE TRADING

    सोलु हाइड्रोपावर : आजदेखि स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ खुल्योSolu Hydropower Limited Opens IPO for Project-Affected Locals and Nepali Workers Abroad From Today

    सोलु हाइड्रोपावर लिमिटेडले आज मंसिर ७ गते, २०८२ देखि सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकका लागि आईपीओ बाँडफाँड खुला गरेको छ।

    कम्पनीले आयोजना प्रभावित सोलुखुम्बुका स्थानीयहरूका लागि १ करोड कित्ता शेयर र वैदेशिक रोजगारमा रहेका नेपालीहरूमुखि १० लाख कित्ता शेयर सार्वजनिक जारी गरेको छ।
    स्थानीयका लागि जारी गरिएको आईपीओ मंसिर ७ गतेदेखि मंसिर २१ गतेसम्म खुला रहनेछ भने आवश्यकताअनुसार पुस ७ गतेसम्म अवधि थपिन सक्छ।
    यस्तै, वैदेशिक रोजगारिय नेपालीका लागि जारी भएको आईपीओ मंसिर ७ देखि मंसिर १० गतेसम्म खुला रहनेछ। यदि उक्त अवधिमा पूरा नबिकेमा मंसिर २१ गतेसम्म विस्तार गर्न सकिनेछ।

    सोलु हाइड्रोपावरको जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ। सोको २० प्रतिशत अर्थात् २ करोड कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ।
    यसमा १० प्रतिशत अर्थात् १ करोड कित्ता (१ अर्ब रुपैयाँ बराबर) आयोजना प्रभावित सोलुखुम्बुका स्थानीयका लागि छुट्याइएको छ।
    बाँकी १० प्रतिशत अर्थात् १ करोड कित्ता शेयर आगामी चरणमा सर्वसाधारणका लागि खुला गरिनेछ।

    यस सर्वसाधारण भागबाट १० प्रतिशत अर्थात् १० लाख कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको छ, जुन आजदेखि आवेदनका लागि खुला छ।

    स्थानीय प्रभावित तथा वैदेशिक रोजगारिय दुवै समूहका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सकिनेछ।

    यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

    इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल (Infomerics Nepal) ले कम्पनीलाई IRN BB (Is) रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ।

    सन २०१० जुनमा निजी कम्पनीका रूपमा स्थापना भएको सोलु हाइड्रोपावर लिमिटेड २०२२ जुलाईमा सार्वजनिक कम्पनीमा परिणत भएको थियो। पहिलो चरणमा यसमा भारतको Essel Infraprojects Ltd. को ठूलो लगानी थियो, तर पछि स्वामित्व नेपाली समूहहरूमा हस्तान्तरण भयो।
    हाल कम्पनी त्रिवेणी, विशाल, गोयल, राठी, बैद्य, जैन समूहका प्रमुख व्यवसायीहरूले प्रवद्र्धन गरेका छन्।

    सोलु हाइड्रोपावरले सोलुखुम्बु जिल्लामा रहेको ८२ मेगावाट क्षमताको लोअर सोलु जलविद्युत् आयोजना सञ्चालन गर्दछ। उक्त आयोजना ४११ वर्ग किलोमिटर जलवितरण क्षेत्र, १९.८५ m³/s डिजाइन डिस्चार्ज (४०% PoE) र ४९३ मिटर ग्रस हेडमा आधारित छ।
    २०२४ फेब्रुअरी मध्यसम्मका प्रमुख शेयरधनीहरूमा गोविन्द लाल संघाई (८.१६%), नितेश अग्रवाल (७.०९%), र रामचन्द्र संघाई (४.९३%) रहेका छन्।

    Solu Hydropower Limited has officially opened its Initial Public Offering (IPO) from today, 7th Mangsir, 2082, for the project-affected locals of Solukhumbu district and Nepali citizens working abroad.

    The company is issuing 1,00,00,000 units of shares for project-affected locals of Solukhumbu and 10,00,000 units for Nepali migrant workers.
    For locals, the IPO will remain open from 7th Mangsir to 21st Mangsir, with a possible extension until 7th Poush if it is not fully subscribed.
    Similarly, for Nepali citizens working abroad, the issue is open from 7th Mangsir to 10th Mangsir, and may be extended until 21st Mangsir in case of undersubscription.

    Solu Hydropower Limited has an issued capital of Rs. 10 Arba. Out of this, 20% (2,00,00,000 units) will be issued to the public.
    Among this, 10% (1,00,00,000 units worth Rs. 1 Arba) is allocated exclusively for project-affected locals of Solukhumbu district.
    The remaining 10% (1,00,00,000 units) will be issued to the general public at a later stage.

    From the general public portion, 10% (10,00,000 units) has been set aside for Nepali citizens working abroad. This category has opened for application starting today.

    For both project-affected locals and Nepali migrant workers, the minimum application quantity is 10 units, while the maximum application allowed is 1,00,000 units.

    Nabil Investment Banking Limited has been appointed as the issue manager for the IPO.

    Infomerics Credit Rating Nepal Limited (Infomerics Nepal) has assigned the company an issuer rating of IRN BB (Is), indicating a moderate risk of default regarding timely repayment of financial obligations.

    Solu Hydropower Limited (SHL) was originally incorporated as a private company in June 2010 and later converted into a public company in July 2022. The company was initially majority-owned by Essel Infraprojects Ltd., India, before the ownership shifted entirely to Nepali shareholders.
    Today, SHL is promoted by major business groups including Triveni, Vishal, Goyal, Rathi, Baidya, and Jain.

    The company operates the 82 MW Lower Solu Hydroelectric Project (LSHEP) located in Solukhumbu district. The project features a 411 km² catchment area, a design discharge of 19.85 m³/s at 40% PoE, and a gross head of 493 meters.
    As of mid-February 2024, the major shareholders include Govind Lal Sanghai (8.16%), Nitesh Agrawal (7.09%), and Ram Chandra Sanghai (4.93%).

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026