NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Solu Hydropower Limited to Issue IPO from November 22 (Mangsir 7)
    सोलु हाईड्रोपावर लिमिटेडले मंसिर ७ देखि आईपीओ निष्कासन गर्दै
    Investor
    2 min read
    Published on November 14, 2025
    NEPSE TRADING

    सोलु हाईड्रोपावर लिमिटेडले मंसिर ७ देखि आईपीओ निष्कासन गर्दैSolu Hydropower Limited to Issue IPO from November 22 (Mangsir 7)

    सोलु हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आगामी मंसिर ७ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कात्तिक २४ गते २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता साधारण शेयर निष्कासन अनुमतिपत्र प्राप्त गरिसकेको छ।

    पहिलो चरणमा कम्पनीले कुल १ करोड १० लाख कित्ता शेयर जारी गर्न लागिरहेको छ। जसमध्ये १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्टै रूपमा राखिएको छ। बाँकी १० लाख कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ, जसमा श्रम स्वीकृति प्राप्त गरेका आवेदकहरूले सहभागी हुन सक्नेछन्।

    आयोजना प्रभावित क्षेत्रमा छुट्टै कोटा तोकिएको छ। अति प्रभावित वडाहरू—सोलु दूधकुण्ड नगरपालिका वडा ७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिका वडा १—का स्थानीय बासिन्दाहरुलाई ४० लाख कित्ताको कोटा छुट्याइएको छ। यस्तै, प्रभावित वडाका अन्य स्थानीय बासिन्दालाई ६० लाख कित्ताको कोटा तोकिएको छ, जसले परियोजना क्षेत्र वरपरका समुदायलाई प्राथमिकता प्रदान गरेको देखिन्छ।

    आवेदनका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयर भर्न पाइनेछ। आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि आवेदन खुला अवधि छिटोमा मंसिर २१ गते र ढिलोमा पुस ७ गतेसम्म हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन छिटोमा मंसिर १० गते र ढिलोमा मंसिर २१ गतेसम्म भर्न मिल्ने व्यवस्था गरिएको छ।

    आयोजना प्रभावित क्षेत्रका बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको नेले शाखा तथा आयोजनास्थल तिङ्गला सोलुखुम्बुस्थित शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने SEBON ले स्वीकृत गरेका सबै ASBA सदस्य बैंक तथा वित्तीय संस्थाबाट तथा मेरोसेयर पोर्टलमार्फत सहज रूपमा आवेदन दिन सक्नेछन्।

    यस कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको कुल अनुमानित लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ पर्न जाने अनुमान गरिएको छ। आयोजनाको विद्युत अनुमतिपत्र अवधि २५ वर्ष बाँकी छ भने साधारण लगानी फिर्ता आउने अवधि ७.६८ वर्ष र डिस्काउण्टमा फिर्ता आउने अवधि १२.०९ वर्ष रहेको कम्पनीले जनाएको छ।

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्। पहिलो चरण पूरा भएपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि सार्वजनिक रूपमा आईपीओ जारी गर्नेछ, जसले कम्पनीलाई पूँजी सङ्कलनमा थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    Solu Hydropower Limited is set to issue its first phase of Initial Public Offering (IPO) for project-affected locals and Nepali citizens working abroad starting from Mangsir 7. The company had received approval from the Securities Board of Nepal (SEBON) on Kartik 24 to issue 20 million ordinary shares worth Rs. 2 billion at a par value of Rs. 100 per share.

    In the first phase, the company will issue a total of 11 million shares. Out of these, 10 million shares have been allocated exclusively for the project-affected residents of the Solu region. Additionally, 1 million shares (10%) have been reserved for Nepali citizens working abroad who hold a valid labor permit from the Government of Nepal.

    Within the project-affected area, the share distribution has been divided into two categories. A total of 4 million shares has been reserved for residents of the highly affected wards—Solu Dudhkunda Municipality Wards 7 and 11, and Thulung Dudhkoshi Rural Municipality Ward 1. Likewise, 6 million shares have been allocated for residents of other affected wards, ensuring broader participation among communities near the project site.

    Applicants can apply for a minimum of 10 shares and a maximum of 100,000 shares. For project-affected locals, the application window will close as early as Mangsir 21 or remain open until Poush 7, depending on subscription status. For Nepali migrant workers, the IPO closing date will be Mangsir 10 at the earliest and Mangsir 21 at the latest.

    Project-affected locals can submit applications through Global IME Bank’s Salleri Branch, Laxmi Sunrise Bank’s Nele Branch, and the Tingla branch in Solukhumbu. Meanwhile, Nepali citizens working abroad can apply from all SEBON-approved ASBA member banks, financial institutions, their designated branches, and also through the online Mero Share portal.

    The company is currently constructing the 82 MW Lower Solu Hydroelectric Project, with an estimated total cost of Rs. 16.30 billion. The estimated cost per megawatt stands at Rs. 198.8 million. The project still has 25 years remaining on its generation license. The simple payback period is estimated at 7.68 years, while the discounted payback period is 12.09 years, indicating long-term financial viability.

    Nabil Investment Banking Limited and Himalayan Capital Limited are serving as the issue and sales managers for the IPO. After completing the first-phase issuance for migrant workers and project-affected residents, the company will move forward with its second phase of IPO issuance for the general public.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026