·

सोलु हाईड्रोपावरको आईपीओ पुस २९ देखि, सर्वसाधारणका लागि ८२ लाख कित्ता खुला

Author

NEPSE TRADING

सोलु हाईड्रोपावरको आईपीओ पुस २९ देखि, सर्वसाधारणका लागि ८२ लाख कित्ता खुला

सोलु हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि मङ्गलबार पुस २९ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले यसअघि कात्तिक २४ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता (२ अर्ब रुपैयाँ) साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरिसकेको छ। त्यसपछि सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरूका लागि ३ लाख कित्ता छुट्याई बाँकी ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

यस आईपीओमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन सीडीएससीको ‘मेरो सेयर’ प्रणाली तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत दिन सकिनेछ।

सर्वसाधारणका लागि खुला यो आईपीओको निष्कासन छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते बन्द हुने जनाएको छ। आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

Related News