NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Solu Hydropower to Launch IPO from Mangsir 7 for Project-Affected Locals and Nepalis Abroa...
    सोलु हाइड्रोपावर मंसिर ७ देखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपालीका लागि आईपीओ जारी गर्दै
    Top
    1 min read
    Published on November 14, 2025
    NEPSE TRADING

    सोलु हाइड्रोपावर मंसिर ७ देखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपालीका लागि आईपीओ जारी गर्दैSolu Hydropower to Launch IPO from Mangsir 7 for Project-Affected Locals and Nepalis Abroad

    सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ। यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी ल्याइँदै छ। कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीमध्ये २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। जसमध्ये १ करोड कित्ता साधारण शेयर प्रतिशेयर १०० रुपैयाँ दरमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि राखिएको छ। सोमध्ये ४० लाख कित्ता सोलु दूधकुण्ड नगरपालिकाका वडा नं. ७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिकाको वडा नं. १ का अति प्रभावित बासिन्दाका लागि छुट्याइएको छ भने ६० लाख कित्ता अन्य वडाका स्थानीय बासिन्दाका लागि तोकिएको छ। त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको भागको १० प्रतिशत अर्थात १० लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिँदैछ। यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन छिटोमा मंसिर २१ र ढिलोमा पुस ७ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि छिटोमा मंसिर १० र ढिलोमा मंसिर २१ गते बन्द हुनेछ। इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग दिँदै औसत जोखिम रहेको जनाएको छ। कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको लागत करीब १६ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ पर्न आउने अनुमान गरिएको छ। यस आयोजनाको विद्युत अनुमतिपत्र २५ वर्ष बाँकी छ र साधारण लगानी फिर्ता अवधि ७.६८ वर्ष तथा डिस्काउन्टेड फिर्ता अवधि १२.०९ वर्ष रहनेछ। कंपनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक तथा तिङ्गला आयोजनास्थलमा तोकिएका स्थानबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सबै सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

    Solukhumbu-based Solu Hydropower Limited is set to issue its IPO from Mangsir 7. The company is offering shares to local residents of the project-affected areas and Nepali citizens working abroad with approved labor permits. Out of its authorized capital of Rs. 10 billion, the company has received approval to issue 20%—equivalent to 20 million shares worth Rs. 2 billion. Among them, 10 million shares priced at Rs. 100 each will be issued to locals of the project-affected areas. Of this, 40% (4 million shares) are allocated to highly affected wards of Solu Dudhkunda Municipality (Wards 7 and 11) and Thulung Dudhkoshi Rural Municipality (Ward 1), while the remaining 60% (6 million shares) are allocated to locals residing in other wards. Likewise, 1 million shares worth Rs. 100 each—10% of the shares allocated for the general public—will be issued to Nepalis working abroad. Applicants can apply for a minimum of 10 shares and a maximum of 100,000 shares. The IPO for project-affected locals will close earliest on Mangsir 21 and latest on Poush 7, while the issue for Nepalis abroad will close earliest on Mangsir 10 and latest on Mangsir 21. Infomerics Credit Rating Nepal has assigned the company an IRN Double B issuer rating, indicating moderate credit risk. The company is developing the 82 MW Lower Solu Hydropower Project with an estimated total cost of Rs. 16.30 billion and per-MW cost of Rs. 198.8 million. The project has a remaining generation license period of 25 years, with expected payback periods of 7.68 years (simple) and 12.09 years (discounted). Nabil Investment Banking Limited is the issue manager for the IPO. Local residents can apply through designated branches of Global IME Bank, Laxmi Sunrise Bank, and at the Tingla project site, while Nepalis working abroad can apply through all C-ASBA member banks and financial institutions approved by the Securities Board of Nepal.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026