
Top
1 min read
NEPSE TRADING
सोपान फर्मास्यूटिकल्सले सर्वसाधारणका लागि आईपीओ खुला गर्यो, बैशाख ८ सम्म आवेदन दिने अवसर।Sopan Pharmaceuticals Launches IPO for General Public, Applications Open Until Baisakh 8.
सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज बैशाख ३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरिसकेको कम्पनीले अब दोस्रो चरणमा ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणका लागि जारी गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने आवेदन दिने अन्तिम मिति बैशाख ८ गतेसम्म तोकिएको छ, आवश्यक परेमा यो अवधि बैशाख १७ गतेसम्म लम्बिन सक्नेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ र आवेदन सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्रणालीबाट दिन सकिनेछ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा उच्च जोखिम संकेत गर्छ । कम्पनीको साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष र डिस्काउन्ट फिर्ता अवधि ११.३५ वर्ष रहेको छ भने खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी र आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको छ ।
Sopan Pharmaceuticals Limited has opened its Initial Public Offering (IPO) for the general public starting from April (Baisakh 3). After already allocating shares to Nepalis working abroad, employees, and mutual funds, the company is now issuing 3,474,900 shares to the public at a face value of NPR 100 per share. Investors can apply for a minimum of 10 shares and a maximum of 11,000 shares, with the application deadline set for Baisakh 8, extendable until Baisakh 17 if not fully subscribed. The issue is being managed by NMB Capital Limited, and applications can be submitted through C-ASBA via banks and financial institutions or through the “Mero Share” online platform. CARE Ratings Nepal has assigned the company a CARE-NP Single B issuer rating, indicating a high level of risk in its ability to meet financial obligations. The company’s simple payback period is 8.11 years, while the discounted payback period stands at 11.35 years. Its net present value exceeds NPR 15.97 billion, and the internal rate of return is estimated at 23.63 percent.




