
स्पार्क हाइड्रोको २६औँ वार्षिक साधारणसभा असार ८ माSpark Hydro's 26th Annual General Meeting Set for Asar 8
काठमाडौँ — स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले आफ्नो २६औँ वार्षिक साधारणसभा आगामी असार ८ गते सोमबार गर्ने भएको छ। सञ्चालक समितिको निर्णयअनुसार कम्पनी ऐन २०६३ को दफा ६७ बमोजिम शेयरधनीको जानकारी र उपस्थितिका लागि कम्पनीले यो सूचना प्रकाशित गरेको हो।
सभा बिहान १०:३० बजे काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बस्नेछ। सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण र वासलातलगायतका वित्तीय विवरण छलफल गरी पारित गरिनेछ। त्यस्तै आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र सञ्चालक समितिको निर्वाचनसम्बन्धी विषय पनि एजेन्डामा समावेश छन्।
कम्पनीको उद्देश्य कार्यान्वयनका लागि जारी पूँजीबाट शेयरबापतको रकम माग गर्ने र शेयर बाँडफाँड गर्ने विषयमा पनि सभामा निर्णय हुनेछ। शेयरधनीले लगानी गर्ने इच्छा नजनाएमा प्रचलित कानूनबमोजिम नवागन्तुकलाई समेत शेयर बिक्री गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखिएको छ।
सभामा सहभागी हुन र मतदान गर्न २०८३ जेठ मसान्तसम्म शेयर बाँडफाँड भएका शेयरधनी योग्य हुनेछन्। प्रोक्सी नियुक्त गर्न चाहने शेयरधनीले तोकिएको ढाँचामा प्रोक्सी फारम भरी सभा सुरु हुनुभन्दा ५ दिनअगावै कम्पनीको रजिस्टर्ड कार्यालयमा बुझाउनुपर्नेछ। सञ्चालक निर्वाचनको कार्यक्रम भने सभा हुनुभन्दा ३ दिनअगावै निर्वाचन समितिले प्रकाशित गर्ने कम्पनीले जनाएको छ।
Kathmandu — Spark Hydroelectric Company Limited is set to hold its 26th Annual General Meeting (AGM) on the coming Asar 8, Monday. In line with the board of directors' decision, the company has published the notice for the information and attendance of shareholders, as per Section 67 of the Companies Act 2063.
The meeting will take place at 10:30 am at Lisara Reception in Naxal, Kathmandu. The AGM will discuss and approve the annual report for fiscal year 2081/82, along with financial statements including the profit and loss account, cash flow statement, and balance sheet. The agenda also includes the appointment of an auditor and determination of remuneration for fiscal year 2082/83, as well as matters related to the election of the board of directors.
The meeting will also decide on calling for the share amount from the issued capital for the implementation of the company's objectives and on the allotment of shares. A proposal has been put forward to authorize the board of directors to sell shares even to new entrants, in accordance with prevailing law, if existing shareholders do not express interest in investing.
Shareholders registered up to the end of Jestha 2083 will be eligible to participate and vote in the meeting. Shareholders wishing to appoint a proxy must fill out the proxy form in the prescribed format and submit it to the company's registered office at least five days before the meeting begins. The company has stated that the schedule for the director election will be published by the election committee at least three days before the meeting.




