NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Spinning Top Candle in NEPSE, Indicating Reversal Amid Market Fear
    नेप्सेमा बन्यो स्पिनिङ टप क्यान्डल, रिभर्सल को संकेत बजारमा त्रास
    Investor
    3 min read
    Updated on February 10, 2025
    Nepse trading

    नेप्सेमा बन्यो स्पिनिङ टप क्यान्डल, रिभर्सल को संकेत बजारमा त्रास Spinning Top Candle in NEPSE, Indicating Reversal Amid Market Fear

    नेपाली शेयर बजार लगातार पाँचौ दिन समेत घटेर बन्द भएको छ । साताको दोस्रो कारोबारको दिन नेप्से सूचक २७ सय अंकको मनोवैज्ञानिक तह पार गर्न नसकी सुस्त देखिएको हो । आज नेप्से सूचक १०.९८ अंकले घट्दै २६७७.३२ अंकमा अडिएको छ । कुल ३२२ कम्पनीका १ करोड ४४ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको मात्र भएको छ ।  कारोबार रकमका आधारमा नेपाल रिपब्लिक मिडिया २४ करोड ४४ लाख रुपैयाँको कारोबारसहित अग्रस्थानमा रह्यो भने दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङ्स र सप्तकोशी डेभलपमेन्ट बैंक परेका छन् ।

    नेप्से सूचक पटक–पटक २७ सय अंक नजिक पुगेर पुनः तल झर्दा लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ । अघिल्लो साता औसदमा ११ अर्ब रुपैयाँभन्दा माथि रहेको दैनिक कारोबार रकम घट्दै गएको छ । सूचक र कारोबार दुवै घट्दा बजारमा त्रास फैलिएको छ। बिक्रेता पक्षको दबाब हावी हुँदा बजार तल झरेको हो भने अल्पकालीन कारोबारीहरूले नाफा बुक गर्दै पुनः सस्तो मूल्यमा खरिद गर्न प्रतीक्षा गर्दा बजार थप प्रभावित भएको छ ।

    बजार अहिले मौद्रिक नीति समीक्षाको प्रतीक्षामा रहेको देखिन्छ । केन्द्रीय बैंकले अर्धवार्षिक समीक्षा तयारी गरिरहेको छ, जसले बजारलाई नयाँ दिशा दिन सक्ने अपेक्षा गरिएको छ । बैंकहरूले सस्तो ब्याजदरमा सेयर धितो कर्जा दिन थालेका छन् भने बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको  छ। सरकार पनि सेयर बजार सुधारप्रति सकारात्मक देखिएको छ । तर पनि बजारले केहि नीतिगत सुधार खोजेको विज्ञले बताएका छन् ।

    टेक्नीकल विश्लेषण

    नेप्से सूचक सोमबारको कारोबारमा १०.९८ अंकले घट्दै २६७७.३२ अंकमा अडिएको छ। प्राविधिक विश्लेषण अनुसार सूचक अहिले महत्वपूर्ण सपोर्ट जोन नजिक कारोबार भइरहेको छ, जहाँ स्पिनिङ टप क्यान्डल बनेको छ, जुन सम्भावित रिभर्सल को संकेत हो। बजारले पछिल्ला दिनहरूमा २७ सय अंक पार गर्न संघर्ष गरिरहेको छ भने क्रेता र विक्रेताबीचको दबाबले कारोबार अनिश्चित देखिएको छ । MACD अझै बुलिश क्रसओभर मा रहँदा पनि कमजोर हुने संकेत देखिएको छ भने इचिमोकु क्लाउड मा सूचकले बलियो सपोर्ट पाइरहेको छ । बजारले २६५०–२६६५ अंक को सपोर्ट कायम राख्न सके पुनः २७८५ अंक र त्यसपछि ३०२३ अंक सम्म पुग्न सक्ने सम्भावना छ । यद्यपि, सपोर्ट स्तर भत्किएमा थप करेक्सन देखिन सक्ने भएकाले लगानीकर्तालाई सतर्क रहन सल्लाह दिइएको छ ।

    ब्रोकर  विश्लेषण

    शीर्ष १० ब्रोकरहरूले गरेको सेयर कारोबारको विश्लेषण गर्दा ब्रोकर ५८ सबैभन्दा अग्रस्थानमा देखिन्छ, जसले कुल ६७ करोड रुपैयाँ बराबरको कारोबार गर्दै ४.८४६% बजार हिस्सा ओगटेको छ। यस ब्रोकरको खरिद रकम ३३ करोड रुपैयाँ र बिक्री रकम ३३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ, जसले खरिद÷बिक्री अनुपात ०.९८६ कायम राखेको छ, जुन खरिद र बिक्री लगभग सन्तुलित रहेको संकेत हो।

    त्यस्तै, ब्रोकर ४९ ले सबैभन्दा उच्च खरिद÷बिक्री अनुपात १.०२२ कायम राख्दै खरिद पक्षमा सक्रियता देखाएको छ भने ब्रोकर २८ ले १.४१८ को उच्च अनुपात देखाउँदै बढी खरिदमुखी रणनीति अपनाएको देखिन्छ। विपरीत, ब्रोकर ५६ ले सबैभन्दा कम खरिद÷बिक्री अनुपात ०.६७४ देखाउँदै बिक्री पक्ष हावी रहेको संकेत गरेको छ।

    कुल कारोबार रकमका आधारमा ब्रोकर ४५ र ४२ दोस्रो र तेस्रो स्थानमा क्रमशः ५१ करोड रुपैयाँ र ५० कराेड रुपैयाँ बराबरको कारोबार गर्दै अगाडि देखिन्छन्। बजारमा देखिएको यस्तो कारोबार प्रवृत्तिले केही ब्रोकरहरू अल्पकालीन नाफा बुक गर्दैछन् भने केही दीर्घकालीन लगानीकर्ताहरू सेयर संकलन गरिरहेका छन्, जसले आगामी दिनहरूमा बजारको उतारचढावमा प्रत्यक्ष प्रभाव पार्ने संकेत गर्दछ ।

    प्रमुख ब्रोकरहरूले गरेका सेयर खरिद र बिक्री कारोबारको विश्लेषण गर्दा MEL  कम्पनीमा सबैभन्दा बढी खरिद गरिएको देखिन्छ । ब्रोकर ६५ ले MEL कम्पनीको कुल कारोबारको ४३.५८% हिस्सा खरिद गर्दै ६७,३१० कित्ता सेयर औसत मूल्य ३६४.८९ रुपैयाँ मा किनेका छन् । त्यसपछि RNLI मा ४०.३३% र HDHPC  मा ३१.७७% खरिद गरिएको छ। त्यस्तै, PRVU मा ३०.९९% र HIDCLP ( मा ३१.५४% हिस्सा खरिद गरिएको देखिन्छ ।

     बिक्रीतर्फ, BEDC कम्पनीमा सबैभन्दा बढी बिक्री भएको देखिन्छ, जहाँ कुल कारोबारको ५०.६७% हिस्सा बिक्री गरिएको छ । त्यसपछि ULHC मा ३८.०३%, HDHPC (हाइड्रोपावर) मा ३६.९१%, र MEL मा ३५.६८% बिक्री गरिएको छ। बैंकिङ क्षेत्रमा PRVU कम्पनीमा पनि ३४.५१% हिस्सा बिक्री गरिएको छ।

    यस विश्लेषणले देखाउँछ कि हाइड्रोपावर र बैंकिङ क्षेत्रका सेयरहरूमा लगानीकर्ताको आकर्षण उच्च रहेको छ। खरिदतर्फ दीर्घकालीन लगानीकर्ताहरू सक्रिय देखिन्छन् भने बिक्रीतर्फ अल्पकालीन मुनाफा बुक गर्ने प्रवृत्ति हावी देखिन्छ। यस्तो कारोबार प्रवृत्तिले बजारमा उतारचढाव सिर्जना गर्दै लगानीकर्ताको मनोवृत्तिमा प्रत्यक्ष प्रभाव पार्ने संकेत देखिन्छ ।

    The Nepalese stock market closed lower for the fifth consecutive day. On the second trading day of the week, the NEPSE index struggled to surpass the psychological level of 2,700 points and remained sluggish. Today, the NEPSE index declined by 10.98 points, settling at 2,677.32 points. A total of over 14.4 million shares of 322 companies were traded, amounting to a transaction value of only NPR 6.96 billion.

    Based on transaction volume, Nepal Republic Media led the market with trades worth NPR 244.4 million, followed by CEDB Holdings and Saptakoshi Development Bank in second and third positions, respectively.

    The NEPSE index repeatedly approached the 2,700-point mark but failed to sustain itself, weakening investor confidence. The daily transaction volume, which exceeded NPR 11 billion last week, has been decreasing. The decline in both the index and transaction volume has triggered fear in the market. The pressure from sellers has pushed the market downward, while short-term traders are booking profits and waiting for lower prices to re-enter, further impacting market momentum.

    The market is currently awaiting the monetary policy review. The central bank is preparing for its semi-annual review, which is expected to provide new direction to the market. Banks have started offering share mortgage loans at lower interest rates, and liquidity remains sufficient in the banking system. The government also appears positive toward stock market reforms. However, experts suggest that the market requires certain policy improvements.

    Technical Analysis

    On Monday, the NEPSE index dropped by 10.98 points to close at 2,677.32. According to technical analysis, the index is currently trading near a crucial support zone, where a Spinning Top Candle has formed, signaling a potential reversal. The index has been struggling to cross the 2,700 mark, with buying and selling pressures keeping the market uncertain.

    Despite the MACD still being in a bullish crossover, signs of weakness are emerging. Meanwhile, the Ichimoku Cloud indicates strong support. If the market sustains the 2,650–2,665 support level, it could rebound towards 2,785 points and later reach 3,023 points. However, if the support level breaks, further correction could be seen, prompting investors to remain cautious.

    Broker Analysis

    An analysis of share transactions by the top 10 brokers shows that Broker 58 led the market with transactions worth NPR 67 , capturing 4.846% of the total market share. Its total purchase volume stood at NPR 33.48 billion, while its sales volume was NPR 33.96 billion, maintaining a buy/sell ratio of 0.986, indicating a balanced approach between buying and selling.

    Similarly, Broker 49 had the highest buy/sell ratio of 1.022, showing more buying activity, while Broker 28 recorded an even higher ratio of 1.418, suggesting a strong buying strategy. In contrast, Broker 56 had the lowest buy/sell ratio of 0.674, indicating that selling pressure dominated.

    Based on total transaction volume, Broker 45 and Broker 42 ranked second and third with transactions worth NPR 51.63 billion and NPR 50.26 billion, respectively. The trading behavior of these brokers suggests that while some are booking short-term profits, others are accumulating shares for long-term investment, which will directly impact market volatility in the coming days.

    Stock-Specific Analysis

    Analyzing the shares bought and sold by leading brokers, MEL was the most heavily purchased stock. Broker 65 acquired 43.58% of MEL's total transaction volume, buying 67,310 shares at an average price of NPR 364.89 per share. Similarly, RNLI (40.33%) and HDHPC (31.77%) were also among the most bought stocks, followed by PRVU (30.99%) and HIDCLP (31.54%).

    On the selling side, BEDC saw the highest sell-off, with 50.67% of its total volume sold. Other heavily sold stocks included ULHC (38.03%), HDHPC (36.91%), and MEL (35.68%). In the banking sector, PRVU was also heavily sold, with 34.51% of its volume liquidated.

    This analysis indicates that investor interest remains strong in the hydropower and banking sectors. Long-term investors are actively buying, while short-term traders are booking profits. Such trading behavior creates market fluctuations, directly influencing investor sentiment.

    4o

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026