NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Stock Market Declines Again, Investors’ High Hopes Turn to “Water on Sand”; Technical Anal...
    सेयर बजार फेरि ओरालो, उच्च लाभको आशामा खरिद गरेका लगानीकर्ताको पूँजी ‘बालुवामा पानी’, प्रविधिक विश्लेषक भन्छन् – करेक्सन अन्त्यको चरणमा
    Top
    2 min read
    Updated on August 11, 2025
    NEPSE trading

    सेयर बजार फेरि ओरालो, उच्च लाभको आशामा खरिद गरेका लगानीकर्ताको पूँजी ‘बालुवामा पानी’, प्रविधिक विश्लेषक भन्छन् – करेक्सन अन्त्यको चरणमाStock Market Declines Again, Investors’ High Hopes Turn to “Water on Sand”; Technical Analysts See Correction Phase Nearing Its End

    काठमाडौं, साउन २६ – गत बिहीबार बढेको नेपालको पुँजी बजार सोमबार पुनः ओरालो लागेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको आडमा केही समय उकालो लागेको बजार पछिल्ला दिनहरूमा लगातार खुम्चिँदै गएको हो।

    बजारको गिरावटसँगै लगानीकर्ताको मनोबल कमजोर भएको छ। केही साताअघि नेप्से ३,००० बिन्दुमाथि पुगेपछि ३,२०० बिन्दु पार गर्ने आशामा हौसिएका लगानीकर्ताहरू अहिले घाटामा परेका छन्। माफियाको प्रभाव र उच्च लाभको अपेक्षामा शेयर खरिद गरेका धेरैको लगानी ‘बालुवामा पानी’ जस्तै बगिरहेको छ, जसले लगानीकर्तामा असन्तुष्टि बढाएको छ।

    यसैबीच, आर्थिक वर्ष २०८१/८२ का बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरण सार्वजनिक भइरहेका छन्। अधिकांश कम्पनीको नाफा वृद्धि र लाभांश क्षमतामा सुधार देखिए पनि यसले बजारमा सकारात्मक प्रभाव पार्न सकेको छैन। विगतमा अस्वभाविक नाफा देखाएर पछि टाटपल्टिएका कम्पनीहरूको अनुभवका कारण लगानीकर्ताहरूले हालका प्रतिवेदनलाई सहजै विश्वास गर्न सकिरहेका छैनन्।

    विश्लेषकहरूको भनाइमा बजारका लागि आवश्यक आधारभूत सूचकहरू सकारात्मक छन्। तर, यस अवस्थामा पनि बजार उकालो लाग्न नसके लामो समयसम्म स्थिर वा सुस्त गतिमा रहन सक्ने सम्भावना छ।

    सोमबार धितोपत्र बजारमा नेप्से परिसूचक २७.९० अंकले घट्दै २८२२ अंकमा झरेको छ। बजार सुरुवातमा सकारात्मक देखिए पनि ३२ मिनेटमै ओरालो लागेको हो। दिनको उच्च विन्दु २८७५ अंक थियो। सूचकमा गिरावट आए पनि कारोबार रकम बढेर अघिल्लो दिनको ८ अर्ब ५३ करोडको तुलनामा आज १० अर्ब २१ करोड रुपैयाँ पुगेको छ। ३० कम्पनीको मूल्य बढ्दा २२० कम्पनीको घट्यो।

    समूहगत सूचकमा माइक्रोफाइनान्स २.३५ प्रतिशत र विकास बैंक २.३१ प्रतिशतले घट्दै सबैभन्दा धेरै प्रभावित भए। बैंकिङ ०.४१, फाइनान्स १.२७, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर १.४१, लगानी १.१७, जीवन बीमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, निर्जीवन बीमा १.२४ तथा व्यापार समूह १.४४ प्रतिशत घटे। अन्य समूह भने ०.३१ प्रतिशतले बढ्यो।

    व्यक्तिगत रूपमा रिभर फल्स पावरको मूल्य १० प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो। पन्चकन्या माइ हाइड्रोपावर ६.८७ प्रतिशत र बुद्धभूमि हाइड्रोपावर ३.४७ प्रतिशतले बढे। उन्नति सहकार्य लघुवित्त ७.६४ प्रतिशतले घट्दै सबैभन्दा बढी मूल्य गुमाउनेमा प¥यो। लिबर्टी इनर्जी, ट्रेड टावर, सीवाईसी लघुवित्त र विन नेपाल लघुवित्त समेत ५ प्रतिशतभन्दा बढीले घटे।

    अधिक कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, साहस ऊर्जा र बुटवल पावर अग्रपंक्तिमा रहे। आजको बजार पूँजीकरण ४७ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ।

    प्रविधिक विश्लेषण
    प्रविधिक विश्लेषकहरूले बजार २९५० बिन्दु हुँदा नै बिक्री संकेत (Sell Signal) दिएको र बजार २७८०–२८०० सम्म झर्ने अनुमान गरेका थिए। बजार हाल त्यही दिशामा अघि बढिरहेको छ। केही बढ्ने प्रयास भए पनि सूचकसँगै कारोबार रकमले गति लिन सकेको छैन। घटेको बजारमा कारोबार रकम बढ्नु नकारात्मक संकेत भएको उनीहरूको भनाइ छ। तर, हालको करेक्सन अन्त्यको चरणमा रहेको र आजकै स्तरबाट बजारमा चमक आयो भने २७८०–२८०० को स्तर कुर्नु नपर्ने पनि उनीहरूको दाबी छ।

    ब्रोकर विश्लेषण
    आजको कारोबारमा शीर्ष १० ब्रोकरमध्ये ६ ब्रोकरले खरिद बढी गरेका छन् भने ४ ब्रोकरले बिक्री बढी गरेका छन्। यसलाई केही विश्लेषकहरूले ठूला लगानीकर्ताहरू किन्न अग्रसर भएको संकेत मानेका छन्।

    स्टक आधारमा हेर्दा, ग्लोबल आइएमई बैंकको कुल खरिदको करिब ५० प्रतिशत (१ लाख २९ हजार कित्ता) ब्रोकर नं. २८ बाट भएको छ, जसको औसत मूल्य २५७ रुपैयाँ छ। फर्स्ट माइक्रोफाइनान्समा कुल खरिदको ६२ प्रतिशत ब्रोकर नं. ५८ बाट भएको छ, जसको औसत मूल्य ९०३ रुपैयाँ छ। लक्ष्मी सनराइज बैंकमा पनि कुल खरिदको ६२ प्रतिशत (१ लाख १ हजार कित्ता) ब्रोकर नं. ५८ बाट भएको छ, जसको औसत मूल्य २३६ रुपैयाँ छ।

    Kathmandu, Aug 11 — After showing gains last Thursday, Nepal’s capital market fell again on Monday, continuing its downward trajectory despite having risen earlier on the back of the current fiscal year’s monetary policy.

    With the market’s decline, investor sentiment has weakened. A few weeks ago, when NEPSE climbed above 3,000 points, many investors purchased shares expecting the index to surpass 3,200. Now, those high-return expectations have turned into losses, with investments “like water on sand” due to market manipulation and mafia influence, fueling investor frustration.

    Meanwhile, financial reports of banks and financial institutions for FY 2081/82 are being published. While most companies are showing profit growth and improved dividend capacity, this has failed to positively impact the market. Past experiences with companies showing unrealistic profits before collapsing have made investors hesitant to trust current reports.

    Analysts say that despite fundamental indicators being positive, if the market fails to rise under the current circumstances, it may remain stable or sluggish for a longer period.

    On Monday, the NEPSE index fell by 27.90 points to close at 2,822. Although the market started positive, it turned downward just 32 minutes into trading. The day’s highest point was 2,875. Despite the fall in the index, trading volume increased to NPR 10.21 billion compared to NPR 8.53 billion in the previous session. Shares of 30 companies gained, while 220 declined. Microfinance (-2.35%) and Development Bank (-2.31%) were the most affected sector indices. Other sector losses included Banking (-0.41%), Finance (-1.27%), Hotels & Tourism (-0.76%), Hydropower (-1.41%), Investment (-1.17%), Life Insurance (-0.80%), Manufacturing & Processing (-0.75%), Non-life Insurance (-1.24%), and Trading (-1.44%). The “Others” sector rose by 0.31%.

    Individually, River Falls Power gained 10% to lead the market, followed by Panchakanya Mai Hydropower (+6.87%) and Buddhabhumi Hydropower (+3.47%). Unnati Sahakarya Laghubitta lost 7.64%, making it the biggest loser, while Liberty Energy, Trade Tower, CYC Laghubitta, and Win Nepal Laghubitta all fell over 5%. The top traded stocks by volume included Shivam Cement, Himalayan Reinsurance, Nepal Reinsurance, Sahas Urja, and Butwal Power. Market capitalization dropped to NPR 4.711 trillion.

    Technical Analysis
    Technical analysts had predicted a sell signal when the market was around 2,950, with expectations that NEPSE would drop to the 2,780–2,800 range. The market has been following that trend. Despite attempts to rise, both the index and trading volume have failed to gain momentum. Analysts see the increase in turnover during a declining market as a negative sign. However, they also note that the current correction phase is close to ending, and if the market rebounds from current levels, it may avoid dropping to the 2,780–2,800 range.

    Broker Analysis
    Based on Monday’s top 10 brokers by turnover, six brokers made more buys than sells, while four sold more than they bought. This suggests that some large investors may be inclined to accumulate shares.

    By stock, Global IME Bank saw investors purchase about 50% of the total buys (129,000 shares) from Broker No. 28, at an average price of NPR 257. First Microfinance had 62% of its total buys from Broker No. 58, at an average price of NPR 903.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026