NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Stock Market Halts Downtrend: NEPSE Index Rises by 26 Points, Big Money and Operators Susp...
    बजारको ओरालो यात्रा थामियो, नेप्से २६ अंकले बढ्यो: ठूला लगानीकर्ताको प्रवेशको संकेत
    Investor
    3 min read
    Published on March 24, 2025
    Dipesh Ghimire

    बजारको ओरालो यात्रा थामियो, नेप्से २६ अंकले बढ्यो: ठूला लगानीकर्ताको प्रवेशको संकेतStock Market Halts Downtrend: NEPSE Index Rises by 26 Points, Big Money and Operators Suspected to Enter

    लगातार ६ कारोबार दिनको ओरालो यात्रापछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको दोस्रो दिन सोमबार राहतको संकेत देखिएको छ। नेप्से सूचक २६.०१ अंकले बढेर २६४०.७८ विन्दुमा पुगेको छ। अघिल्लो दिन आइतबार ५४.६२ अंकले घटेर २६१४.६८ विन्दुमा झरेको बजार सोमबार सुरुवाती समयमा २५९२.३२ विन्दुसम्म खुम्चिए पनि अन्त्यमा उकालो लागेर २६४०.७८ विन्दुमा स्थिर भएको हो।

    सूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। सोमबार कुल ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ, जुन आइतबारको ६ अर्ब २६ करोडभन्दा कम हो। यद्यपि, २१० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको मात्र घटेको छ। गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.२९ प्रतिशतले बढेर दिनको सर्वाधिक वृद्धि भएको छ भने अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ४.२९ प्रतिशतले घटेको छ।

    सोमबार सबै समूहका सूचक उकालो लागेका छन्। बैंकिङ समूह ०.९२ प्रतिशत, विकास बैंक ०.७८ प्रतिशत, फाइनान्स समूह ३.७५ प्रतिशत, होटल तथा पर्यटन १.१६ प्रतिशत, जलविद्युत् १.०० प्रतिशत र लगानी समूह ०.९५ प्रतिशतले बढेका छन्। यस्तै, जीवन बिमा १.६४ प्रतिशत, उत्पादन ०.८० प्रतिशत, लघुवित्त ०.९० प्रतिशत, निर्जीवन बिमा ०.६१ प्रतिशत र व्यापार समूह १.५५ प्रतिशतले उकालो लागेका छन्। आइतबार भने यी समूहहरू क्रमशः १.४७ प्रतिशतदेखि २.९९ प्रतिशतसम्म घटेका थिए।

    गत साता ६७ अंक र त्यसअघिको साता ८२ अंकले घटेको नेप्सेले लगातार १४ दिनको ओरालो यात्रा पूरा गरेको थियो। छोटो समयमा ठूलो करेक्सन (इन्ट्रा डेमा २९०० बाट २५०० को लाइनमा झरेको) पछि सोमबारको वृद्धिले बजार थामिएको संकेत गरेको छ। विश्लेषकहरूले सस्तो ब्याजदर, अधिक तरलता र कम्पनीहरूको बलियो वित्तीय अवस्थाले बजारलाई टेवा दिएको बताएका छन्। ठूला लगानीकर्ता (विग मनी) र अपरेटरहरू बजारमा प्रवेश गर्न थालेको अनुमान गरिएको छ, जसले साना लगानीकर्ताको प्यानिक सेललाई कम गरेको छ।

    ब्रोकरहरूको विश्लेषण गर्दा सोमबार १० ठूला कारोबार गर्ने ब्रोकरमध्ये ८ वटाले तुलनात्मक रूपमा बढी खरिद गरेका छन् भने २ वटाले बढी बिक्री गरेका छन्। सबैभन्दा बढी कारोबार गर्ने ब्रोकर नं. ५८ ले ३५ करोड ५० लाखको कारोबार गरेको छ। ब्रोकरहरूको खरिद दर बढी हुनुले बजारमा क्रेताको हाबी भएको संकेत गर्छ।

    प्राविधिक दृष्टिकोणबाट हेर्दा नेप्सेका अधिकांश सूचक (इन्डिकेटर) अझै नकारात्मक छन्। तर, बजार बिक्री गर्ने समय भने नभएको प्राविधिक विश्लेषकहरू बताउँछन्। उनीहरूले ‘लोअर हाई’ को प्रतीक्षा गर्नुपर्ने सुझाव दिएका छन्। यति ठूलो गिरावटपछि पनि उनीहरूले यो बुल बजारको एक चरण मात्र भएको दाबी गरेका छन्।

    सोमबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको बैठकले राजावादी गतिविधिको प्रतिरोध र टीआरसीमा छलफल गरेको छ। यो बैठकले राजनीतिक स्थायित्वको सन्देश दिँदा बजारमा सकारात्मक प्रभाव परेको छ।

    हिमालयन रिइन्सुरेन्स ३२ करोड ६९ लाखको कारोबारसहित शीर्ष स्थानमा रह्यो। सीइडीबी होल्डिङ्स र नेपाल पुनर्बिमा क्रमशः दोस्रो र तेस्रो भए।

    लगातारको गिरावटपछि सोमबार नेप्से २६.१० अंकले बढेर २६४०.७८ विन्दुमा पुगेको छ। ४ अर्ब ४८ करोडको कारोबारसहित बजारमा सुधारको संकेत देखिएको छ। ठूला लगानीकर्ताको प्रवेश, ब्रोकरको खरिद दर र राजनीतिक स्थायित्वले बजारलाई बल दिएको छ। विश्लेषकहरूले बजार अब क्रमिक सुधारतर्फ अघि बढ्ने अपेक्षा गरेका छन्।

    After six consecutive trading days of decline, the Nepal Stock Exchange (NEPSE) showed a double-digit recovery on the second trading day of the week, Monday. The NEPSE index rose by 26.01 points to settle at 2,640.78. On the previous trading day, Sunday, the index had dropped by 54.62 points to close at 2,614.68. On Monday, the market initially dipped to 2,592.32 but steadily climbed to close at 2,640.78 by the end of the session.

    While the index showed improvement, the trading volume decreased. On Monday, the total turnover amounted to NPR 4.48 billion, significantly lower than Sunday’s NPR 6.26 billion. This suggests a slight reduction in investor activity, but the rise in the index reflects a positive sentiment in the market. Among the companies traded, 210 saw their share prices increase, while 33 experienced a decline. Guardian Micro Life Insurance posted the highest gain of the day at 9.29%, while Upper Hewakhola Hydropower saw the steepest drop at 4.29%.

    All sectoral indices recorded gains on Monday. The banking group rose by 0.92%, development banks by 0.78%, finance by 3.75%, hotels and tourism by 1.16%, hydropower by 1.00%, and investment by 0.95%. Similarly, life insurance increased by 1.64%, manufacturing by 0.80%, microfinance by 0.90%, non-life insurance by 0.61%, and trading by 1.55%. In contrast, on Sunday, all sectors had declined, with banking dropping by 1.47%, development banks by 2.42%, finance by 2.99%, hotels and tourism by 2.23%, hydropower by 2.33%, and investment by 2.05%. Life insurance, manufacturing, microfinance, and non-life insurance had also fallen by 1.85%, 1.46%, 2.36%, and 2.07%, respectively.

    Last week, the NEPSE index shrank by 67 points over five trading days, following an 82-point decline the week before. The 14-day downward streak had sparked fear among investors. After a sharp correction (from an intra-day high of 2,900 to the 2,500 range), Monday’s recovery signals a potential halt to the downtrend. Analysts suggest that the bull run may be slowing but predict a gradual recovery ahead. Low interest rates, ample liquidity in banks, and strong financials of companies are providing support to the market. Speculation is rife that big money and market operators have begun entering, countering the panic selling by small investors.

    An analysis of broker activity shows that among the top 10 brokers with the highest turnover, eight recorded relatively higher buying volumes, while two leaned toward selling. Broker No. 58, which led the day’s turnover, recorded transactions worth NPR 355 million. The dominance of buyers among brokers indicates a shift toward purchasing at lower prices.

    From a technical perspective, most NEPSE indicators remain negative. However, technical analysts argue that it is not yet time to sell, advising investors to wait for a “lower high.” Despite the significant decline, they maintain that this is part of a broader bull market cycle. Even with Monday’s rise, technical indicators largely remain in negative territory.

    On the same day, a meeting at Singha Durbar between Prime Minister KP Sharma Oli, Nepali Congress President Sher Bahadur Deuba, and CPN (Maoist Centre) Chairman Pushpa Kamal Dahal ‘Prachanda’ addressed resistance to royalist activities and discussions on the Truth and Reconciliation Commission (TRC). Analysts note that this meeting’s message of political stability has positively influenced the stock market.

    Himalayan Reinsurance led the turnover with NPR 326.9 million, followed by CEDB Holdings and Nepal Reinsurance in second and third places, respectively.

    After a prolonged decline, the NEPSE index rose by 26.10 points to 2,640.78 on Monday, with a turnover exceeding NPR 4.48 billion. The uptick across all sectoral indices, the entry of big investors, and a stable political signal have bolstered the market. Analysts expect a gradual recovery as the market stabilizes moving forward.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026