NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Stock Market Under Pressure Again
    शेयर बजार फेरि दबाबमा
    Investor
    1 min read
    Published on September 24, 2025
    NEPSE TRADING

    शेयर बजार फेरि दबाबमाStock Market Under Pressure Again

    काठमाडौं । जेनजी आन्दोलनपछि केही दिन आंशिक सुधार देखिएको शेयर बजार बुधबार पुनः दबाबमा परेको छ। मंगलबारसम्म १७० अंकको सुधार गर्दै लगानीकर्तामा आशा जगाएको नेप्से परिसूचक बुधबार भने २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा झ¥यो।

    यस दिन कारोबार रकम पनि घट्यो। मंगलबार ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बुधबार ४ अर्ब १२ करोड रुपैयाँबराबरको मात्र किनबेच भयो। विश्लेषकहरूका अनुसार नाफा सुरक्षित गर्ने प्रवृत्ति र दशैं खर्च व्यवस्थापनका कारण बजारमा बिक्रीको चाप बढेको हो।

    उपसमूह र कम्पनीगत स्थिति

    नेप्सेका १३ उपसमूहमध्ये होटल तथा पर्यटन र म्युचुअल फण्ड मात्र हरियो देखिए भने बाँकी ११ उपसमूह राताम्मे भए।

    • सकारात्मक प्रदर्शन: माथिल्लो मैलुङ खोल जलविद्युत, सिटी होटल र हिम स्टार उर्जा कम्पनी सर्किट लेभलमा पुगे।

    • नकारात्मक प्रदर्शन: उन्नती सहकार्य लघुवित्त ५.३८% घट्दै सबैभन्दा कमजोर देखियो।

    कारोबार रकममा युनियन हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको २२ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भयो। दोस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी करिब १७ करोड रुपैयाँको कारोबारसहित रह्यो।

    प्राविधिक विश्लेषण

    प्रविधिक विश्लेषक अजित खनालका अनुसार बजारले ३८.२% रिट्रेसमेन्ट लेबल (२६९२ बिन्दु) मा पुगेर नकारात्मक प्रतिक्रिया देखाएको छ। हाल परिसूचक २०० दिने मूभिङ एभरेज भन्दा तल रहे पनि यसलाई पार गर्ने प्रयास भइरहेको छ।
    यदि बजारले यो स्तर माथि स्थायित्व बनाउन सक्यो भने आत्मविश्वास पुनः बढ्न सक्ने उनको भनाइ छ।

    तर, कारोबार रकम घट्नु बजारको कमजोरी मानिएको छ। ६% नकारात्मक सर्किट लागेका दिनबाहेक पौष २८ यताकै कम कारोबार बुधबार देखियो। दिउँसो १२ः१० बजेपछि बजार लगातार नयाँ लो बनाउँदै झरेको थियो।

    क्षेत्रगत कारोबार

    जलविद्युत कम्पनीका ठूला स्टकहरूमा बिक्री चाप बढ्दा हाइड्रोपावर समूहको कारोबार हिस्सा ४०% भन्दा माथि पुग्यो।
    त्यस्तै, विकास बैंक समूहको कारोबार हिस्सा पनि १०% भन्दा बढी रह्यो।

    ब्रोकर कारोबार विश्लेषण

    १० ठूला ब्रोकर कम्पनीमध्ये सात ब्रोकरले खरिदभन्दा बढी बिक्री गरेका छन्। यसले छोटो अवधिका लगानीकर्ताले नाफा सुरक्षित गर्न प्राथमिकता दिएको प्रष्ट देखाउँछ।

    जेनजी आन्दोलनपछिको भारी गिरावटपछि दुई दिन सुधार देखिएको बजार बुधबार फेरि दबाबमा परेको छ। दशैं खर्च व्यवस्थापन र नाफा सुरक्षित गर्ने प्रवृत्तिले बजारलाई अस्थिर बनाइरहेको छ। आगामी दिनमा बजारको दिशा २०० दिने मूभिङ एभरेज माथि स्थायित्व बनाउन सक्ने/नसक्ने कुराले निर्धारण गर्नेछ।

    After showing some recovery in the last two trading days following the Gen-Z protests, Nepal’s stock market once again came under pressure on Wednesday. The NEPSE index, which had climbed by 170 points until Tuesday, slipped by 27.89 points to close at 2654.35.

    Trading volume also declined. While turnover had crossed NPR 5 billion on Tuesday, Wednesday’s transactions amounted to only NPR 4.12 billion. Analysts say that profit-booking and the need to manage Dashain festival expenses led to increased selling pressure.

    Sector and Company Performance

    Out of 13 sub-indices, only Hotels & Tourism and Mutual Funds closed in green, while the remaining 11 turned red.

    • Top Gainers: Upper Mailung Khola Hydropower, City Hotel, and Him Star Energy hit the positive circuit level.

    • Top Loser: Unnati Sahakarya Laghubitta dropped by 5.38%, becoming the weakest performer of the day.

    In terms of turnover, Union Hydropower led with NPR 2.21 billion worth of trades, followed by Nepal Reinsurance Company with nearly NPR 1.7 billion.

    Technical Analysis

    According to technical analyst Ajit Khanal, the index faced resistance at the 38.2% retracement level (2692 points) and reacted negatively. Although NEPSE remains below the 200-day moving average, it is attempting to break above this level. If the market sustains above the 200-day MA, investor confidence could return in the coming days.

    However, the decline in turnover signals weakness. Except for the 6% circuit-break days, Wednesday marked the lowest turnover since mid-January. After 12:10 PM, the index consistently made new intraday lows.

    Sectoral Trends

    Heavy selling was observed in major hydropower stocks, pushing the hydropower sub-index’s share of total turnover above 40%.
    Similarly, the development bank group accounted for more than 10% of overall trading.

    Broker Activity

    Out of the 10 largest brokerage firms, seven recorded more sales than purchases, showing a strong profit-booking trend among short-term investors.

    Despite a brief rebound after the Gen-Z turmoil, the market slipped back under pressure on Wednesday. Profit-taking and festival-related cash requirements dragged NEPSE lower, while turnover shrank. Whether the index can build stability above the 200-day moving average will determine the market’s direction in the days ahead.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026