NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Strong Growth in Profit and Business Expansion for Chhimek Laghubitta Bittiya Sanstha Limi...
    नाफा र व्यवसाय विस्तार दुवैमा बलियो देखियो छिमेक लघुवित्त
    Investor
    1 min read
    Updated on May 10, 2026
    NEPSE TRADING

    नाफा र व्यवसाय विस्तार दुवैमा बलियो देखियो छिमेक लघुवित्तStrong Growth in Profit and Business Expansion for Chhimek Laghubitta Bittiya Sanstha Limited

    छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र व्यवसाय विस्तार दुवै क्षेत्रमा सकारात्मक सुधार देखाएको छ। समीक्षा अवधिमा संस्थाले खुद नाफा वृद्धि गर्नुका साथै कर्जा प्रवाह, निक्षेप संकलन र कुल सम्पत्तिमा समेत उल्लेखनीय विस्तार गरेको हो।

    सार्वजनिक विवरणअनुसार चैत मसान्तसम्म संस्थाले ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाको खुद नाफा ८५ करोड ३५ लाख रुपैयाँ रहेको थियो। यस आधारमा चालु आवको तेस्रो त्रैमाससम्म नाफा करिब ६.२ प्रतिशतले बढेको देखिन्छ।

    लघुवित्तको मुख्य आम्दानी स्रोतका रूपमा रहेको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ। समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। बजारमा ब्याज खर्च बढिरहेको अवस्थामा पनि संस्थाले सञ्चालन खर्च व्यवस्थापन गर्दै सञ्चालन मुनाफा १ अर्ब २६ करोड रुपैयाँ कायम गर्न सफल भएको देखिन्छ।

    वित्तीय विवरणअनुसार संस्थाको वितरणयोग्य मुनाफा १ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। यसले आगामी दिनमा लाभांश वितरण क्षमतामा सकारात्मक संकेत गरेको विश्लेषण गरिएको छ। गत आर्थिक वर्षका लागि संस्थाले १२.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

    व्यवसाय विस्तारतर्फ पनि संस्थाले सशक्त उपस्थिति देखाएको छ। चैत मसान्तसम्म ग्राहकहरूमा प्रवाहित कुल कर्जा तथा सापटी ४४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो कर्जा ३९ अर्ब २८ करोड रुपैयाँ थियो। त्यस्तै सदस्यहरूबाट संकलित निक्षेप ४४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ५७ अर्ब १७ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

    हाल संस्थाको प्रतिसेयर आम्दानी (EPS) ३३ रुपैयाँ ४१ पैसा रहेको छ। बजारमा कम्पनीको शेयर मूल्य ९०० रुपैयाँ कायम रहँदा मूल्य आम्दानी अनुपात (P/E Ratio) २६.९४ गुणा रहेको देखिन्छ। वित्तीय सूचकहरूमा देखिएको सुधारसँगै लगानीकर्तामाझ कम्पनीप्रति विश्वास कायम रहेको विश्लेषकहरू बताउँछन्।

    Chhimek Laghubitta Bittiya Sanstha Limited has published its unaudited third-quarter financial report for the fiscal year 2082/83, showing positive growth in both profitability and business expansion. The microfinance institution reported an increase in net profit alongside steady growth in loans, deposits, and total assets during the review period.

    According to the financial statement, the company earned a net profit of Rs 906.4 million by the end of Chaitra. During the same period of the previous fiscal year, the institution had posted a net profit of Rs 853.5 million. Based on this comparison, net profit has increased by around 6.2 percent year-on-year.

    The company’s primary income source, net interest income, also recorded healthy growth. By the end of the third quarter, net interest income had reached Rs 2.23 billion. Despite rising interest expenses in the financial market, the institution managed to maintain a satisfactory operating performance, with operating profit standing at Rs 1.26 billion.

    The financial report further shows that distributable profit has climbed to Rs 1.95 billion, indicating a positive outlook for future dividend distribution. The company had distributed a 12.5 percent bonus share to shareholders for the previous fiscal year.

    On the business expansion side, the institution continued to strengthen its market presence. Total loans and advances reached Rs 44.10 billion by the end of Chaitra, compared to Rs 39.28 billion at the end of the previous fiscal year. Similarly, deposits collected from members rose to Rs 44.69 billion, while total assets increased to Rs 57.17 billion.

    The company’s earnings per share (EPS) currently stand at Rs 33.41. With the company’s share price trading at Rs 900, the price-to-earnings (P/E) ratio has reached 26.94 times. Analysts say the improvement in financial indicators reflects stable investor confidence in the company and its long-term business sustainability.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026