·
सन नेपाल लाइफ इन्स्योरेन्सको २०.२६३२ प्रतिशत लाभांश प्रस्ताव
Author
NEPSE TRADING

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (SNLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसअनुसार ५ प्रतिशत बोनस शेयर र कर सहित १५.२६३२ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ। पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सो लाभांश शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।



