NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sunday Marks Last Day to Secure Dividends of Five Companies
    पुस ६ गते पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
    Investor
    2 min read
    Published on December 21, 2025
    NEPSE TRADING

    पुस ६ गते पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिनSunday Marks Last Day to Secure Dividends of Five Companies

    काठमाडौं । पुस ६ गते आइतबार पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल्स, सिंगटी हाइड्रो इनर्जी र नेपाल हाइड्रो डेभलोपर लिमिटेड को लाभांश सुरक्षित गर्न सकिनेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी सबै कम्पनीहरूले पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसअनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले सम्बन्धित कम्पनीहरूको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

    महालक्ष्मी विकास बैंक ले पुस २१ गते सोमबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा २४औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। बिहान १० बजे सुरु हुने सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधन, कर्पोरेट भवनका लागि जग्गा वा भवन खरिद, सञ्चालक निर्वाचन, स्वतन्त्र सञ्चालक नियुक्ति र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पनि पेश हुनेछन्।

    नेपाल लाइफ इन्स्योरेन्स ले पुस १९ गते शनिबार होटल भिष्वा, वीरगञ्जमा २६औँ वार्षिक साधारण सभा बोलाएको छ। बिहान ९ बजे सुरु हुने सभाले ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै सञ्चालक निर्वाचन, प्रबन्धपत्र तथा नियमावली संशोधन र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछ।

    तारागाउँ रिजेन्सी होटल्स ले पुस २३ गते बुधबार नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा २९औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। बिहान ११ बजे सुरु हुने सभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण, प्रबन्धपत्र तथा नियमावली संशोधन तथा लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्ताव पारित गर्नेछ।

    सिंगटी हाइड्रो इनर्जी ले पुस २१ गते सोमबार धुम्रबराह भेन्यु, धुम्बाराही, काठमाडौंमा १६औँ वार्षिक साधारण सभा बोलाएको छ। बिहान ११ बजे सुरु हुने सभाले ५ प्रतिशत बोनस शेयर वितरण र बोनस शेयरपछि कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै अन्य आयोजनामा लगानी, कर्पोरेट बैंक ग्यारेन्टी र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्तावहरू पनि समेटिएका छन्।

    त्यस्तै, नेपाल हाइड्रो डेभलोपर लिमिटेड ले पुस २३ गते अम्रपाली बैंक्वेट, भाटभटेनी, काठमाडौंमा १९औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। बिहान ११ बजे सुरु हुने सभाले ९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन र प्रबन्धपत्र संशोधनसम्बन्धी प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।

    Kathmandu. Sunday, Poush 6, marks the final day for investors to secure dividends of five listed companies: Mahalaxmi Development Bank Limited, Nepal Life Insurance Company Limited, Taragaon Regency Hotels Limited, Singati Hydro Energy Limited, and Nepal Hydro Developers Limited.

    All five companies have announced book closure on Monday, Poush 7, for the purpose of their annual general meetings (AGMs) and dividend distribution. Accordingly, shareholders holding shares traded on the Nepal Stock Exchange (NEPSE) up to Sunday will be eligible to attend the respective AGMs and receive the proposed dividends.

    Mahalaxmi Development Bank is set to hold its 24th AGM on Monday, Poush 21, at the Tribhuvan Army Officers’ Club, Bhrikutimandap, Kathmandu, starting at 10:00 AM. The meeting will consider approving a 5 percent bonus share along with a 5.37 percent cash dividend for tax purposes. Other agenda items include amendments to the memorandum and articles of association, acquisition of land or a building for a corporate office, election of directors, appointment of an independent director, and appointment of an auditor.

    Nepal Life Insurance Company has called its 26th AGM for Saturday, Poush 19, at Hotel Bishuwa, Birgunj, beginning at 9:00 AM. The AGM will deliberate on a proposal to distribute a 5 percent bonus share and a 16.05 percent cash dividend for tax purposes. Proposals related to the election of directors, amendments to the company’s charter documents, and appointment of an auditor will also be tabled.

    Taragaon Regency Hotels will convene its 29th AGM on Wednesday, Poush 23, at the Nepal Army Officers’ Club, Bhrikutimandap, Kathmandu, starting at 11:00 AM. The meeting will consider approval of a 5 percent cash dividend (excluding tax), along with proposals to amend the memorandum and articles of association and appoint an auditor.

    Singati Hydro Energy has scheduled its 16th AGM for Monday, Poush 21, at Dhumrabarah Venue, Dhumbarahi, Kathmandu, beginning at 11:00 AM. The AGM will consider distributing a 5 percent bonus share and a special proposal to issue right shares equivalent to 100 percent of the paid-up capital after the bonus adjustment. Proposals related to investment in other projects, corporate bank guarantees, and auditor appointment will also be discussed.

    Similarly, Nepal Hydro Developers Limited will hold its 19th AGM on Wednesday, Poush 23, at Amrapali Banquet, Bhatbhateni, Kathmandu, starting at 11:00 AM. The meeting will consider approving a 9 percent bonus share and a 0.47 percent cash dividend for tax purposes. Other agenda items include endorsement of the appointment of an independent director and amendments to the company’s charter documents.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026