
सनराइज होल्डिङ्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा असोज १२ गते हुनेSunrise Holdings Limited to Hold 2nd Annual General Meeting on Ashwin 12
सनराइज होल्डिङ्स लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारण सभा आगामी २०८२ साल असोज १२ गते (सेप्टेम्बर २८, २०२५, शुक्रबार) गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंको होटल हिमालय, कुपण्डोलमा आयोजना हुने भएको हो।
सभामा प्रस्तुत हुने एजेन्डामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०८१/८२ आर्थिक वर्षको नाफा–नोक्सान विवरण र वित्तीय विवरण पारित गर्ने प्रस्ताव रहेका छन्। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि राखिएको छ।
यससँगै विशेष प्रस्तावमार्फत कम्पनीको प्राधिकृत पूँजी २ अर्ब रुपैयाँबाट बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने, जारी पूँजी १ अर्ब ५० करोड रुपैयाँबाट बढाएर २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने र चुक्ता पूँजी १ अर्ब रुपैयाँबाट बढाएर २ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि AGM मा पेश गरिनेछ।
कम्पनीले सबै शेयरधनीहरूलाई साधारण सभामा उपस्थित भई आफ्ना विचार राख्न आग्रह गरेको छ।
Sunrise Holdings Limited has announced that its 2nd Annual General Meeting (AGM) will be held on Ashwin 12, 2082 (September 28, 2025, Friday). According to the company’s Board of Directors’ decision, the AGM will take place at Hotel Himalaya, Kupondole, Kathmandu.
The meeting’s agenda includes approval of the Board of Directors’ annual report, the auditor’s report, profit and loss statement, and financial statements of FY 2081/82. The appointment of an auditor for FY 2082/83 and the determination of their remuneration are also on the agenda.
In addition, a special resolution will be presented at the AGM to increase the company’s authorized capital from Rs. 2 billion to Rs. 3 billion, issued capital from Rs. 1.5 billion to Rs. 2.5 billion, and paid-up capital from Rs. 1 billion to Rs. 2 billion.
The company has invited all shareholders to attend the meeting and provide their valuable input on the proposed agendas.




