NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Super Khudi Hydropower Extends IPO Application Deadline for Local Residents
    स्थानीयका लागि सुपर खुदी हाइड्रोपावरको आईपीओ आवेदन अवधि थप
    Investor
    1 min read
    Published on January 20, 2026
    NEPSE TRADING

    स्थानीयका लागि सुपर खुदी हाइड्रोपावरको आईपीओ आवेदन अवधि थपSuper Khudi Hydropower Extends IPO Application Deadline for Local Residents

    लमजुङ । सुपर खुदी हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने समय थप गरेको छ। पुस २२ गतेदेखि स्थानीयका लागि निष्कासन तथा बिक्री खुला गरिएको आईपीओमा अब माघ २१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

    कम्पनीले स्वीकृत जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोही व्यवस्थाअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएर निष्कासन गरिएको हो, जसको कुल रकम १५ करोड ५० लाख रुपैयाँ बराबर हुन्छ।

    स्थानीयका लागि छुट्याइएको सेयरमध्ये ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का बासिन्दालाई बाँडफाँट गरिनेछ। बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता भने मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

    सुपर खुदी हाइड्रोपावरले लमजुङमा २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीले जनाएको छ। यसअनुसार आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड ६९ लाख रुपैयाँ पुगेको छ, जुन हाल सञ्चालनमा रहेका मध्यम आकारका जलविद्युत आयोजनाको औसत लागतसँग तुलनात्मक रूपमा उच्च मानिन्छ।

    कम्पनीका अनुसार आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) अवधि अझै २७ वर्ष ५ महिना बाँकी छ। वित्तीय सूचकांकतर्फ हेर्दा, आयोजनाबाट साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष रहेको छ भने डिस्काउन्ट आधारमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहेको छ।

    आयोजना प्रभावित स्थानीयलाई प्राथमिकतामा राखी सेयर निष्कासन गर्नुले परियोजनाप्रति स्थानीय स्वामित्व र सहभागिता बढाउने अपेक्षा गरिएको छ। आवेदन अवधि थपिएसँगै अझ धेरै स्थानीय बासिन्दाले आईपीओमा सहभागिता जनाउने अवसर पाउने विश्वास कम्पनीले लिएको छ।

    Lamjung – Super Khudi Hydropower Limited has extended the application deadline for its Initial Public Offering (IPO) allocated to project-affected local residents. The IPO, which has been open for applications since Poush 22, will now remain open until Magh 21, according to the company.

    The company has received regulatory approval to issue 20 percent of its issued capital of NPR 1.55 billion to the public. Under this provision, Super Khudi Hydropower has allocated shares worth NPR 155 million for local residents, equivalent to 1.55 million ordinary shares at a par value of NPR 100 per share.

    Of the shares reserved for locals, 40 percent—amounting to 620,000 units—will be allotted to residents of wards 2 and 3 of Marsyangdi Rural Municipality in Lamjung district, which are directly affected by the project. The remaining 60 percent, or 930,000 shares, will be distributed among residents of wards 1, 4, 5, 6, 7, 8, and 9 of the same rural municipality.

    Super Khudi Hydropower is operating the 26-megawatt Upper Khudi Hydropower Project in Lamjung. The total cost of the project stands at NPR 5.38 billion, translating to a per-megawatt cost of approximately NPR 206.9 million. The cost structure places the project in the mid-range category of hydropower developments in Nepal in terms of capital intensity.

    According to the company, the electricity generation license for the project has a remaining validity of 27 years and 5 months. From an investment perspective, the project’s simple payback period has been estimated at 7.21 years, while the discounted payback period extends to 13.42 years, reflecting long-term capital recovery dynamics typical of hydropower projects.

    By extending the IPO application period, the company aims to ensure broader participation from project-affected communities and strengthen local ownership in the project. The move is expected to encourage higher subscription levels among eligible residents and reinforce the policy objective of integrating local stakeholders into large infrastructure investments.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026