NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Super Khudi Hydropower IPO Opens for General Public from Falgun 4
    सुपर खुदी हाइड्रोपावरको आईपीओ फागुन ४ देखि, सर्वसाधारणका लागि खुला
    Top
    1 min read
    Published on February 6, 2026
    NEPSE TRADING

    सुपर खुदी हाइड्रोपावरको आईपीओ फागुन ४ देखि, सर्वसाधारणका लागि खुलाSuper Khudi Hydropower IPO Opens for General Public from Falgun 4

    सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँटपछि अब कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको हो।

    कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दाका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट गरिसकेको छ। साथै, ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूमा वितरण भइसकेको छ।

    अब दोस्रो चरणमा कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ३१ हजार कित्ता छुट्याएर बाँकी रहेको १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। यी सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ, जसको कुल मूल्य १२ करोड ८६ लाख ५० हजार रुपैयाँ रहेको छ।

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा फागुन १० गते र ढिलोमा फागुन १९ गतेसम्म खुला रहनेछ।

    रेटिङ्ग एजेन्सी Care Ratings Nepal ले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

    कम्पनीले सञ्चालन गरेको २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २० करोडभन्दा बढी रहेको यस आयोजनाको विद्युत अनुमतिपत्र अवधि २७ वर्ष ५ महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.२१ वर्ष र डिस्काउण्टमा १३.४२ वर्ष रहेको छ।

    आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक Global IME Capital Limited रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

    Super Khudi Hydropower Limited has announced that it will issue its Initial Public Offering (IPO) to the general public from Falgun 4. The company is opening the IPO after completing the allotment for project-affected local residents and Nepali workers abroad.

    The company received approval to issue 31 million shares worth NPR 310 million, representing 20% of its issued capital of NPR 1.55 billion. Out of these, 1.55 million shares were allotted to local residents, and 155,000 shares were allocated to Nepalis working abroad. Additionally, 77,500 shares have already been distributed to mutual funds.

    In the second phase, the company has reserved 31,000 shares for employees and will issue the remaining 1,286,500 ordinary shares to the general public at a face value of NPR 100 per share, totaling NPR 128.65 million.

    Investors can apply for a minimum of 10 shares and a maximum of 100,000 shares. The IPO will close early on Falgun 10 and, if fully unsubscribed, will remain open until Falgun 19.

    According to Care Ratings Nepal, the company has received a CARE-NP Double B issuer rating, indicating a moderate level of risk in meeting its financial obligations.

    The company operates a 26 MW Upper Khudi Hydropower Project with a total investment cost of NPR 5.38 billion. The per-megawatt cost exceeds NPR 206 million. The project holds a power generation license valid for another 27 years and 5 months. The simple payback period is 7.21 years, while the discounted payback period stands at 13.42 years.

    The issue and sales manager for the IPO is Global IME Capital Limited. Interested investors can apply through the C-ASBA system via banks and financial institutions authorized by the Nepal Securities Board.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026