सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक नेपालीलाई अवसर
Author
NEPSE TRADING

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज (पुस २२ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर ३१ करोड रुपैयाँको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा, यसअन्तर्गत १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ। तीमध्ये ४० प्रतिशत मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का बासिन्दालाई तथा बाँकी ६० प्रतिशत वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का बासिन्दालाई बाँडफाँट हुनेछ। साथै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीयका लागि निष्काशन छिटोमा माघ ६ र ढिलोमा माघ २१ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा पुस २५ र ढिलोमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ। रेटिङ्गमा केयर रेटिङ्ग नेपालबाट कम्पनीले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ, जसले मध्यम जोखिम संकेत गर्छ। कम्पनीले सञ्चालन गरेको २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।



