
सूर्यज्योति लाइफको नाफा १९ करोड ६१ लाख, बीमा कोषमा २४% वृद्धिSurya Jyoti Life’s Profit Reaches Rs 196.1 Million, Insurance Fund Grows by 24%
सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.३७% वृद्धि हो। कम्पनीको जीवन बीमा कोष २४.०३% ले बढेर ३७ अर्ब ७३ करोड ४० लाख पुगेको छ। बीमाशुल्क आर्जन १८.२४% ले वृद्धि भई ५ अर्ब ६ करोड ४७ लाख पुगेको छ। खुद बीमाशुल्क १९.८३% ले बढेर ४ अर्ब ९८ करोड १५ लाख भएको छ। खुद दाबी भुक्तानी ५ अर्ब ६३ करोड ८८ लाख पुगेको छ। EPS ७.८३ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १२३.४४ रुपैयाँ रहेको छ।
Surya Jyoti Life Insurance has posted a profit of Rs 196.1 million in the second quarter of the current fiscal year, marking a 3.37% increase from the same period last year. The company’s life insurance fund has grown by 24.03% to Rs 37.73 billion. The total insurance premium collection rose by 18.24% to Rs 5.06 billion, while net premium income increased by 19.83% to Rs 4.98 billion. Net claim payments reached Rs 5.63 billion. The company’s EPS has dropped to Rs 7.83, and the net worth per share stands at Rs 123.44.




