सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र विदेशमा कार्यरत नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपछि अब कम्पनीले सर्वसाधारणका लागि पनि शेयर निष्काशन गर्ने तयारी गरेको हो।
कम्पनीले ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको पूँजीको २० प्रतिशत, अर्थात १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। जसमा ६ लाख ८९ हजार ६७५ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र ६८ हजार ९६७ कित्ता शेयर विदेशमा कार्यरत नेपालीहरुका लागि जारी गरिएको छ।
अब दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीहरुका लागि र ३४ हजार ४८४ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित राखिनेछ। बाँकी रहेका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर सर्वसाधारणका लागि उपलब्ध गराइनेछन्।
आईपीओको लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द माघ २१ गते हुनेछ भने ढिलोमा फागुन ३ गते बन्द हुनेछ।





