·

सूर्यज्योति लाइफले ल्यायो ई–कर्जा र डिजिटल कार्ड सेवा

Author

NEPSE trading

सूर्यज्योति लाइफले ल्यायो ई–कर्जा र डिजिटल कार्ड सेवा

सूर्यज्योति लाइफ इन्स्योरेन्सले नेपालको बीमा क्षेत्रमा नयाँ सेवा थपेको छ। कम्पनीले ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति ई–कर्जा’ सेवाको शुभारम्भ गरेको हो। सोमबार आयोजित कार्यक्रममा सीईओ प्रकाश विक्रम खत्रीले यी सेवाको उद्घाटन गरे।

खत्रीले भने, “ई–कर्जा मार्फत जीवन बीमा पोलिसी भएकाले अनलाइन कर्जा लिन सक्छन्।” तेस्रो किस्ता तिरेर तीन वर्ष पूरा गरेका बीमितले ५०,००० रुपैयाँसम्म कर्जा पाउनेछन्। कर्जा रकम केही दिनभित्रै बैंक खातामा जम्मा हुने र यो सेवा नेपालमा पहिलो भएको कम्पनीको दाबी छ।

यस्तै, ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ पाँच लाखभन्दा बढीको पोलिसी भएका बीमित र अभिकर्ताका लागि ल्याइएको हो। कार्डको शुल्क ५० रुपैयाँ छ। यसले ४२ अस्पतालमा स्वास्थ्य छुट, अल्का अस्पतालमा क्युआर भुक्तानीमा सहुलियत, साथै फिटनेस, सिनेमा र सपिङमा छुट दिने कम्पनीले जनाएको छ।

Related News