NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Suryakund Hydro Electric Limited IPO Closes Today for Public Subscription
    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    Top
    1 min read
    Published on February 4, 2026
    NEPSE TRADING

    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिनSuryakund Hydro Electric Limited IPO Closes Today for Public Subscription

    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको सर्वसाधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (माघ २१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरिसकेको कम्पनीले दोस्रो चरणमा आम लगानीकर्तालाई अवसर दिएको हो।

    कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात् १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट भइसकेको छ। हाल कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित सेयर कट्टा गरी बाँकी ५ लाख ७२ हजार ४३१ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

    कम्पनीले सञ्चालन गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति अवधि २६ वर्ष बाँकी रहेको छ भने साधारण लगानी फिर्ता अवधि ७.७१ वर्ष रहेको छ।

    आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा Kumari Capital Limited रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा CDS and Clearing Limited द्वारा सञ्चालित ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्।

    Today (February 4, 2026) is the last day to apply for the Initial Public Offering (IPO) of Suryakund Hydro Electric Limited. The company had opened its IPO for the general public from January 31, 2026, after completing share allocation for project-affected locals and Nepali workers abroad.

    The company received approval to issue 20 percent of its paid-up capital, equivalent to 1,379,350 shares. Shares allocated for local residents and foreign-employed Nepalis have already been distributed. After reserving shares for employees and mutual funds, the company has issued 572,431 shares to the general public at a face value of NPR 100 per share.

    Investors can apply for a minimum of 10 shares and a maximum of 50,000 shares. CARE Ratings Nepal has assigned the company a “CARE-NP BB Minus” issuer rating, indicating a moderate level of financial risk.

    The company operates an 11 MW Upper Tadi Khola Hydropower Project with a total cost exceeding NPR 2.36 billion. The project has a remaining license period of 26 years. The simple payback period is estimated at 7.71 years, while the discounted payback period is around 16 years.

    The IPO issue and sales manager is Kumari Capital Limited. Investors can apply through C-ASBA member banks and financial institutions approved by the Securities Board of Nepal. Applications can also be submitted online through the “Mero Share” system developed by CDS and Clearing Limited.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026