NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Suryakund Hydro to Issue IPO from December 25 for Project-Affected Locals and Migrant Nepa...
    सूर्यकुण्ड हाइड्रोको आईपीओ पुस ९ देखि, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन
    Investor
    2 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    सूर्यकुण्ड हाइड्रोको आईपीओ पुस ९ देखि, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशनSuryakund Hydro to Issue IPO from December 25 for Project-Affected Locals and Migrant Nepalis

    काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले पुस ९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

    नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत बराबरको १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ मूल्यको १३ लाख ७९ हजार ३५० कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ ।

    कम्पनीले यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो । सो शेयर खरिदका लागि नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सम्पूर्ण वडाका स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

    आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि आईपीओ निष्काशन छिटोमा पुस २३ गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ ८ गतेसम्म खुला रहनेछ । स्थानिय बासिन्दाहरूले ज्योति विकास बैंकको समुद्रटार शाखा, कृषि विकास बैंकको खैरेनिटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खैरेनिटार शाखा, ट्रेड टावर थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालय तथा दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट आवेदन फाराम प्राप्त गरी दरखास्त दिन सक्नेछन् । आवेदन फाराम बापत २ रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

    यसका साथै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ६८ लाख ९६ हजार ७०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ६८ हजार ९६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ । सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पुस १४ गतेभित्र आवेदन दिनुपर्नेछ । उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस २३ गतेसम्म लम्बिनेछ । उनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।

    कम्पनीले सञ्चालन गरिरहेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको कम्पनीले जनाएको छ ।

    उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि २६ वर्ष बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७१ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

    Kathmandu — Suryakund Hydroelectric Limited has announced that it will issue its Initial Public Offering (IPO) starting December 25 (Poush 9). The IPO will be offered to residents of the project-affected areas as well as Nepalis working abroad.

    With approval from the Securities Board of Nepal, the company is authorized to issue 20 percent of its issued capital, amounting to Rs 137.94 million, through the issuance of 1,379,350 ordinary shares at a face value of Rs 100 per share. The company’s total issued capital stands at Rs 689.67 million.

    Out of the total issue, 10 percent of the issued capital—equivalent to Rs 68.97 million or 689,675 shares—has been allocated for residents of the project-affected areas. Eligible applicants include local residents from all wards of Dupcheshwar Rural Municipality in Nuwakot district.

    The IPO for project-affected locals will close on January 7 (Poush 23) at the earliest and may remain open until February 20 (Magh 8) if the issue is undersubscribed. Local residents can apply through Jyoti Bikash Bank’s Samundratar branch, Agricultural Development Bank’s Khairenitar branch, Rastriya Banijya Bank’s Khairenitar branch, the company’s registered office at Trade Tower, Thapathali, and at the project site in Dupcheshwar. Applicants are required to pay a form fee of Rs 2.

    In addition, 68,967 ordinary shares—equivalent to 10 percent of the portion allocated for the general public—have been reserved for Nepalis working abroad who have obtained labor approval from the relevant government authority. These shares are valued at Rs 68.97 million at a face value of Rs 100 per share.

    Migrant Nepalis can apply for a minimum of 10 shares and a maximum of 50,000 shares. The application period for overseas Nepalis will close on December 30 (Poush 14), and if fully unsubscribed, the deadline may be extended until January 7 (Poush 23).

    Eligible overseas applicants can apply through all C-ASBA member banks and financial institutions approved by the Securities Board of Nepal, as well as through the “Mero Share” online platform developed by CDS and Clearing Limited.

    Suryakund Hydroelectric Limited operates the 11-megawatt Upper Tadi Khola Hydropower Project, which has a total project cost of Rs 2.368 billion, with a per-megawatt cost of approximately Rs 215.31 million. The project has a remaining electricity generation license validity of 26 years.

    According to the company, the simple payback period of the project is 7.71 years, while the discounted payback period stands at 16 years. Kumari Capital Limited has been appointed as the issue and sales manager for the IPO.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026