NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Suryakunda Hydroelectric Limited IPO Opens to the General Public from Today
    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड को आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
    Top
    1 min read
    Published on February 1, 2026
    NEPSE TRADING

    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड को आईपीओ आजदेखि सर्वसाधारणका लागि खुलाSuryakunda Hydroelectric Limited IPO Opens to the General Public from Today

    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड ले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ आवेदन खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। अब दोस्रो चरणमा सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ७२ हजार ४३१ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबर रहेको छ।

    कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो, जसमध्ये स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएपछि बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिएको हो। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन छिटोमा माघ २१ गते र ढिलोमा फागुन ३ गतेसम्म दिन सकिनेछ।

    आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत करिब २१ करोड ५३ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २६ वर्ष बाँकी रहेको छ।

    यस कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

    Suryakunda Hydroelectric Limited has opened its Initial Public Offering (IPO) to the general public starting today, February 1, 2026 (Magh 18). The company had earlier completed IPO allotment for project-affected local residents and Nepalese working abroad, and has now moved to the second phase for public investors. In this phase, the company is issuing 572,431 ordinary shares at a face value of NPR 100 per share, amounting to a total issue size of NPR 57.24 million.

    Out of the approved 1,379,350 shares, allocations were made for local residents, foreign-employed Nepalese, employees, and mutual funds, with the remaining shares now offered to the general public. Investors can apply for a minimum of 10 shares and a maximum of 50,000 shares. The IPO will close as early as February 4 (Magh 21) and no later than February 16 (Falgun 3), depending on the subscription status.

    For the IPO issuance, CARE Ratings Nepal has assigned the company a ‘CARE NP BB-’ issuer rating, indicating a moderate level of risk in the company’s ability to meet its financial obligations. The company operates the 11 MW Upper Tadi Khola Hydropower Project, which has a total project cost exceeding NPR 2.36 billion, with a per-megawatt cost of approximately NPR 215.3 million. The project still has 26 years remaining under its generation license.

    The issue and sales manager for the IPO is Kumari Capital Limited. Interested investors can apply through all C-ASBA member banks and financial institutions approved by the Securities Board of Nepal, as well as via the ‘Mero Share’ online platform developed by CDS and Clearing Limited.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026