
सुशीला कार्की प्रधानमन्त्री नियुक्त, आजै शपथSushila Karki Appointed as Prime Minister, Oath at 9 PM
राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई नेपालको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार कार्कीको शपथग्रहण समारोह आज बेलुकी ९ बजे हुनेछ।
पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन्। अब उनले राजनीतिक जिम्मेवारीका रूपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्न लागेकी हुन्।
राष्ट्रपति सचिवालयका अनुसार शपथग्रहण पश्चात् कार्कीले मन्त्रिपरिषद् गठनका लागि तयारी अघि बढाउने छिन्।
नेपालको वर्तमान राजनीतिक परिवर्तनसँगै उनको नेतृत्वलाई मुलुकको स्थायित्व र सहमतिको दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
President Ram Chandra Paudel has appointed Sushila Karki as the new Prime Minister of Nepal. According to the President’s Secretariat, her swearing-in ceremony will take place today at 9 PM.
Karki, who previously served as the first female Chief Justice in Nepal’s history, is now set to take on the nation’s executive leadership role.
Following the oath, Karki is expected to begin preparations for the formation of her Council of Ministers.
Amid the current political transition, her leadership is being seen as a crucial step toward stability and consensus in the country.




