NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Suspicious Transactions Surge by 49%, Financial Information Unit Releases 2024 Report
    शंकास्पद कारोबार ४९% ले वृद्धि, वित्तीय जानकारी इकाईको प्रतिवेदन सार्वजनिक
    Investor
    1 min read
    Published on May 20, 2025
    NEPSE trading

    शंकास्पद कारोबार ४९% ले वृद्धि, वित्तीय जानकारी इकाईको प्रतिवेदन सार्वजनिकSuspicious Transactions Surge by 49%, Financial Information Unit Releases 2024 Report

    नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सन् २०२४ मा शंकास्पद कारोबार र गतिविधिमा ४९ प्रतिशतले वृद्धि भएको जनाएको छ। इकाईले हालै प्रकाशित गरेको सन् २०२४ को गतिविधिसम्बन्धी न्यूजलेटरमा यस्तो तथ्यांक उल्लेख गरिएको छ।

    सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार सूचक संस्थाहरूले इकाईमा पेस गरेका शंकास्पद कारोबार र गतिविधि प्रतिवेदनको संख्या सन् २०२३ मा ६,२५५ रहेकोमा सन् २०२४ मा ४९% ले बढेर ९,३०४ पुगेको छ। यीमध्ये १,८९४ प्रतिवेदनको विश्लेषण गरिएकोमा १,०८६ प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने निकाय र नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा पठाइएको छ। बाँकी ८०८ प्रतिवेदन भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्न अभिलेखीकरण गरिएको छ।

    सूचक संस्थाहरूले सन् २०२३ मा १७ लाख ८३ हजार १८३ सीमा कारोबारको विवरण पेस गरेका थिए, जुन सन् २०२४ मा बढेर १९ लाख ७२ हजार ८५५ पुगेको छ। सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध संस्थाहरूको संख्या सन् २०२३ मा १,४९६ रहेकोमा सन् २०२४ मा १,९०५ पुगेको छ।

    इकाईले सन् २०२४ मा कर्मचारी, सम्बद्ध निकाय र सूचक संस्थाहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गरेको र सहभागिता जनाएको न्यूजलेटरमा उल्लेख छ। साथै, सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानी निवारणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वयका कार्यहरू पनि समेटिएको छ। न्यूजलेटरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र वित्तीय जानकारी इकाईद्वारा लिखित दुई लेख समावेश छन्।

    यसैगरी, इकाईले सन् २०२४ मा प्रकाशित प्रतिवेदन, मार्गदर्शन, वेबसाइटमा उपलब्ध सामग्री र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उपयोगी प्रकाशनहरूको लिंक पनि समावेश गरेको छ। यसले सम्पत्ति शुद्धीकरणविरुद्धको प्रयासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

    The Financial Information Unit of Nepal Rastra Bank has reported a 49% increase in suspicious transactions and activities in 2024, according to its recently published 2024 activity newsletter.

    Under the Asset Laundering Prevention Act, 2064, the number of suspicious transaction and activity reports submitted by reporting entities to the unit rose from 6,255 in 2023 to 9,304 in 2024, marking a 49% growth. Of these, 1,894 reports were analyzed, with 1,086 forwarded for further investigation to law enforcement/investigative bodies and regulatory actions to regulatory authorities. The remaining 808 reports have been archived for re-analysis if additional information becomes available in the future.

    Reporting entities submitted details of 1.783 million threshold transactions in 2023, which increased to 1.972 million in 2024. The number of entities connected to the unit’s goAML system for reporting and correspondence on asset laundering prevention and terrorist financing rose from 1,496 at the end of 2023 to 1,905 by the end of 2024.

    The unit highlighted its efforts in 2024 to enhance the capacity of its staff, affiliated bodies, and reporting entities through various activities. It also detailed national and international coordination efforts related to preventing asset laundering and terrorist financing. The newsletter includes two articles authored by the Asset Laundering Investigation Department and the Financial Information Unit.

    Additionally, the unit has included details of reports published, guidelines issued, useful content on its website, and links to significant national and international publications from 2024. This is expected to strengthen efforts against money laundering in the country.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026