·

स्वावलम्बन लघुवित्त : १० प्रतिशत लाभांश घोषणा

Author

NEPSE TRADING

स्वावलम्बन लघुवित्त : १० प्रतिशत लाभांश घोषणा

काठमाडौं — स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आव २०८१/८२ को खुद नाफाबाट सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाले ५.६३ प्रतिशत बोनस सेयर तथा ४.३६ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको हो।

कम्पनीका सचिव चन्द्रमणि चौलागाईंका अनुसार हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गरी आवश्यक प्रक्रियाका लागि राष्ट्र बैंकमा पठाइएको छ।

स्वावलम्बन लघुवित्तको हाल कायम चुक्ता पूँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ रहेको छ। प्रस्तावित बोनस र नगद लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले प्राप्त गर्नेछन्।

लघुवित्त क्षेत्रका अन्य कम्पनीहरूको तुलनामा स्वावलम्बनले यस वर्ष पनि स्थिर लाभांश वितरण नीति कायम राखेको छ, जसले दीर्घकालीन लगानीकर्ताको विश्वसनीयता बढाउने विश्लेषकहरूको टिप्पणी छ।

Related News