·
स्वरोजगार लघुवित्तका ३,५०० संस्थापक शेयर सर्वसाधारणका लागि खुला
Author
NEPSE TRADING

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक समूहअन्तर्गतको ३,५०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। कम्पनीले यसअघि संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिँदै ३५ दिने सूचना प्रकाशित गरे पनि सो अवधिमा पर्याप्त आवेदन नपरेपछि अब सर्वसाधारणलाई आवेदन दिन आह्वान गरिएको हो।कम्पनीका अनुसार संस्थापक शेयरधनी श्री जगदीश साहको नाममा रहेको उक्त शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाइएको हो। सञ्चालक समितिले आवश्यक निर्णय गरिसकेको र प्रचलित नियमअनुसार बिक्री प्रक्रिया अगाडि बढाइएको जनाएको छ।अब इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। आवेदन दिन चाहनेहरूले काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित केन्द्रीय कार्यालयमा कार्यालय समयभित्र लिखित निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार संस्थापक शेयर बिक्री गर्दा सुरुमा संस्थापक समूहलाई प्राथमिकता दिनुपर्ने प्रावधान रहेको छ। सो प्रक्रिया पूरा भइसकेपछि मात्र सर्वसाधारणका लागि अवसर खुला गरिएको कम्पनीले स्पष्ट पारेको छ।



