·

स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारिमा रहेका नेपालीका लागि आईपीओ निष्कासन खुला गर्‍यो

Author

NEPSE TRADING

स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारिमा रहेका नेपालीका लागि आईपीओ निष्कासन खुला गर्‍यो

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी आज (असार २७ गते) बाट साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।

लघुवित्तले कुल जारी पूँजीको ४० प्रतिशतअनुसार २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासनको अनुमति पाएको थियो। उक्तमध्ये १ हजार १५५ कित्ता कर्मचारीहरूका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकाले बाँकी २३ हजार १०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको हो।

श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारिमा रहेका नेपालीहरूले साउन ९ गतेसम्म यस आईपीओमा आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

स्वस्तिक लघुवित्तलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले 'इक्राएनपी इस्यूअर रेटिङ बी एटदरेट' प्रदान गरेको छ। उक्त रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको जनाउँछ।

यस आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। इच्छुक वैदेशिक श्रमिकहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त तथा सी–आस्बा प्रणालीमार्फत सेवा दिने बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

Related News