स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई २०० प्रतिशत (१:२ अनुपातमा) हकप्रद सेयर दिने तयारी गरेको छ। यसै विशेष प्रस्तावसहित अन्य महत्त्वपूर्ण एजेन्डाहरू पारित गर्न संस्थाले आगामी भदौ २७ गते वार्षिक साधारणसभा डाकेको हो।
हालको चुक्ता पुँजीको आधारमा एक कित्ता सेयर हुनेले थप दुई कित्ता खरिद गर्न पाउने गरी यो प्रस्ताव अघि सारिएको हो। नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि मात्रै यो हकप्रद बजारमा आउनेछ। यद्यपि, आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट भने कम्पनीले सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ।
साधारणसभामा सहभागी हुन चाहने सेयरधनीले भदौ १० गतेभित्र आफ्नो नाममा सेयर कायम गरिसक्नुपर्नेछ। कम्पनीले सभा प्रयोजनका लागि भदौ ११ गते एक दिन बुक क्लोज गर्दैछ। सभाले गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहलगायतका सम्पूर्ण वित्तीय प्रतिवेदनहरूमाथि छलफल गरी अनुमोदन गर्ने कार्यक्रम छ।
यसैगरी, नयाँ आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति, सर्वसाधारण समूहबाट एक महिलासहित दुई सञ्चालकको निर्वाचन र सञ्चालकहरूको सेवा–सुविधा हेरफेरको एजेन्डा पनि सभामा लगिँदैछ। भविष्यमा अन्य कुनै ‘घ’ वर्गका लघुवित्तसँग मर्जर वा प्राप्तिमा जानु परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावसमेत सभाबाट पारित गरिनेछ।
Swastik Laghubitta Bittiya Sanstha is gearing up to issue 200 percent (a 1:2 ratio) right shares to its shareholders. The institution has convened its Annual General Meeting (AGM) for Bhadra 27 to endorse this special resolution alongside other key agendas.
Under this proposal, shareholders holding one share will be eligible to purchase two additional shares based on the company's current paid-up capital. The right shares will only be rolled out in the market after securing final approvals from the Nepal Rastra Bank (NRB) and the Securities Board of Nepal (SEBON). However, the company will not be distributing any dividends from the profits of the fiscal year 2081/82.
To be eligible to participate in the AGM, shareholders must have their shares registered by Bhadra 10. For the purpose of the meeting, the company has scheduled a one-day book closure on Bhadra 11. The assembly will discuss and approve all major financial reports, including the balance sheet, profit and loss account, and cash flow statement of the previous fiscal year.
Furthermore, the AGM will address the appointment of a statutory auditor for the new fiscal year, the election of two directors—including one female—from the public shareholders' group, and the revision of the directors' allowances and benefits. The meeting is also set to delegate full authority to the Board of Directors to handle all necessary procedures should a merger or acquisition with another 'D' class microfinance institution be required in the future.