NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. SY Panel IPO to Open from September 14
    एसवाई प्यानलको आईपीओ भदौ २९ गतेदेखि खुल्ने
    Top
    1 min read
    Published on September 7, 2025
    NEPSE TRADING

    एसवाई प्यानलको आईपीओ भदौ २९ गतेदेखि खुल्ने SY Panel IPO to Open from September 14

    एसवाई प्यानल लिमिटेडले यही भदौ २९ गतेदेखि साधारण शेयर (IPO) निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर निष्कासन गर्नेछ।

    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति दिएको हो। सो मध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २ लाख ६१ हजार ६२७ कित्ता उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको छ भने १० प्रतिशत अर्थात ४ लाख ९७ हजार ०९२ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

    उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि समान सीमा भित्र आवेदन दिन सक्नेछन्। उद्योग प्रभावित क्षेत्रका लागि आईपीओ बन्द छिटोमा असोज १२ गते र ढिलोमा असोज २७ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असोज १ गतेदेखि अधिकतम असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ।

    आवेदन उद्योग प्रभावित क्षेत्रका बासिन्दाले कम्पनीको रत्ननगर चितवनस्थित कार्यालय, प्रभु क्यापिटलको कमलादी, प्रभु क्यापिटलको अनलाइन पोर्टल र प्रभु बैंकका सौराहा तथा टाँडी शाखाबाट दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा र मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। पहिलो चरणअन्तर्गत उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि दोस्रो चरणमा आम सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर निष्कासन गरिनेछ।

    Kathmandu – SY Panel Limited has announced that it will open applications for its Initial Public Offering (IPO) starting from Bhadra 29. The company will issue a total of 758,719 shares to locals of the industry-affected areas and Nepali citizens working abroad.

    On Bhadra 17, the Securities Board of Nepal (SEBON) granted approval to issue 5,232,548 ordinary shares worth Rs. 52.32 crore at a face value of Rs. 100 each. Out of this, 2 percent (261,627 shares) has been reserved for locals of the industry-affected areas, while 10 percent (497,092 shares) will be issued to Nepali migrant workers who have received labor permits from the government.

    Locals of the industry-affected areas can apply for a minimum of 10 shares and a maximum of 50,000 shares. Similarly, Nepalis working abroad can also apply within the same range. The IPO for locals will close at the earliest on Ashoj 12 and at the latest on Ashoj 27. For migrant workers, the issue will close between Ashoj 1 and Ashoj 12 (after banking hours).

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026