·

एसवाई प्यानल नेपाललाई ५२ लाखभन्दा बढी कित्ता सेयर निष्कासनको अनुमति

Author

NEPSE TRADING

एसवाई प्यानल नेपाललाई ५२ लाखभन्दा बढी कित्ता सेयर निष्कासनको अनुमति

दक्षिण कोरियाली कम्पनी SY Co. Ltd. को सहायक कम्पनी एसवाई प्यानल नेपाल लिमिटेड ले सर्वसाधारणमा शेयर निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीले यस कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

एसवाई प्यानल नेपाल, एसियाकै नम्बर १ प्यानल निर्माता मानिने दक्षिण कोरियाली कम्पनी SY Co. Ltd. को सहायक कम्पनी हो। कम्पनीले उच्च गुणस्तरका EPS र PUF स्यान्डविच प्यानलहरू उत्पादन गर्दै आएको छ।

यी उत्पादनहरू लागत–प्रभावी, बलिया र कुशल हुनुका साथै अत्यधिक गर्मी वा चिसो मौसममा उत्कृष्ट इन्सुलेसन प्रदान गर्ने गुणस्तरका हुने कम्पनीको दाबी छ। साथै, कम्पनीले भूकम्प प्रतिरोधी संरचनाका लागि डिजाइनदेखि निर्माणसम्म सम्पूर्ण समाधान उपलब्ध गराउँदै आएको जनाएको छ।

यसका अतिरिक्त, कम्पनीले कोरियाली स्यान्डविच प्यानल, यूपीभीसी झ्याल, स्टिल ढोका लगायतका निर्माण सामग्री पनि बजारमा उपलब्ध गराउँदै आएको छ।

Related News