काठमाडौं । जेन–जी आन्दोलनका कारण स्थगित भएको एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ असोज ७ गतेदेखि बिक्रीमा आउने भएको छ।
भदौ १७ गते कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपियाँमध्ये ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपियाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो।
२ प्रतिशत (२ लाख ६१ हजार ६२९ कित्ता) शेयर चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दाका लागि सुरक्षित गरिएको छ।
४ लाख ९७ हजार ९२ कित्ता शेयर भने विदेशमा रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरुका लागि छुट्याइएको छ।
साथै, कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरिएको छ।
यससँगै बाँकी सर्वसाधारण लगानीकर्ताले असोज ७ गतेदेखि आईपीओमा आवेदन दिन सक्नेछन्।





