
बैंक तथा वित्तीय संस्थाको वर्गीकरण मापदण्ड सुधार गर्न राष्ट्र बैंक कार्यदलको सुझावNRB Taskforce Recommends Revising Classification Criteria for Banks and Financial Institutions
नेपाल राष्ट्र बैंकले लागू गरेको बैंक तथा वित्तीय संस्थाहरूको वर्तमान वर्गीकरण मापदण्ड प्रभावकारी नभएको निष्कर्षसहित त्यसमा सुधार गर्न सुझाव दिइएको छ। नेपाल राष्ट्र बैंक ले गठन गरेको बैंकिङ क्षेत्र सुधार कार्यदलले संस्थाहरूलाई प्रथम, दोस्रो र तेस्रो वर्गमा विभाजन गर्न प्रस्ताव गरेको हो। वर्गीकरण गर्दा ग्राहक सेवा, जोखिम व्यवस्थापन, नियामकीय कारबाही र वित्तीय स्वास्थ्यलाई आधार बनाउन तथा विगत पाँच वर्षको तथ्यांकलाई फरक–फरक भार दिएर मूल्यांकन गर्न सुझाव दिइएको छ। कार्यदलले हरेक वर्ष नयाँ वर्गीकरण सार्वजनिक गर्न, स्वतन्त्र समिति गठन गर्न र क, ख, ग, घ जस्ता नामको सट्टा वाणिज्य, विकास, वित्त र लघुवित्त बैंक भन्ने व्यवस्था गर्न कानुनी सुधार आवश्यक रहेको जनाएको छ। यसले वित्तीय क्षेत्र सुदृढ भई अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।A taskforce formed by Nepal Rastra Bank has recommended revising the current classification criteria of banks and financial institutions, citing inefficiency in the existing system. The taskforce proposes categorizing institutions into first, second, and third classes based on customer service, risk management, regulatory actions, and financial health indicators, using weighted data from the past five years. It also suggests publishing the classification annually, forming an independent committee, and replacing Class A, B, C, and D labels with functional names such as commercial, development, finance, and microfinance banks. These reforms are expected to strengthen the financial sector and positively support the overall economy.


















