टिम भेन्चर्स लिमिटेडको
तेस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना !
(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/२८)
यस टिम भेन्चर्स लिमिटेडको मिति २०८३/०५/१५ मा बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार यस कम्पनीको तेस्रो वार्षिक साधारण सभा देहायका विषयहरूउपर छलफल तथा निर्णय गर्नका लागि निम्न लिखित मिति, समय तथा स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।
साधारण सभा हुने मिति, समय र स्थान :
मिति : २०८३/०६/२० (तदनुसार ६ अक्टोबर, २०२६), मंगलबार ।
समय : दिउँसो ४:०० बजे ।
स्थान : दुसित प्रिन्सेस काठमाडौँ, लाजिम्पाट, काठमाडौँ ।
छलफलका विषयहरू :
(क) सामान्य प्रस्ताव :
१) आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८२/८३ को नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने ।
३) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/८३ को मुनाफा तथा मुनाफा कोषबाट शेयरधनीलाई हाल सम्म कायम चुक्ता पुँजीको २ प्रतिशतले हुने रकम रू. २,२७,९७,१२४.४२ (दुई करोड सत्ताइस लाख सन्तान्बे हजार एक सय चौबिस रूपैयाँ बयालिस पैसा मात्र) नगद लाभांश (नगद लाभांश र बोनस शेयरको कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
४) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व.२०८३/०८४ को बाह्य लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
(ख) विशेष प्रस्ताव :
१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/८३ को मुनाफा तथा मुनाफा कोषबाट शेयरधनीलाई हाल सम्म कायम चुक्ता पुँजीको ३ प्रतिशतले हुने रकम रू ३,०२,१९,४४४/- (तीन करोड दुई लाख उन्नाइस हजार चार सय चवालिस रूपैयाँ मात्र) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
२) कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनहरू स्वीकृत गर्ने सम्बन्धमा ।
३) प्रबन्धपत्र र नियमावलीमा संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालकलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारी अख्तियार प्रत्यायोजन गर्ने ।
५) सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरू अनुमोदन गर्ने सम्बन्धमा ।
(ग) विविध
सञ्चालक समितिको निर्णयानुसार कम्पनी सचिव
दोस्रो वार्षिक साधारण सभा सम्बन्धी थप जानकारीहरू : शेयरधनी महानुभावलाई शेयरधनीको दर्ता किताबमा कायम रहेको इमेल ठेगानामा कम्पनीको दोस्रो वार्षिक साधारण सभा बस्ने जानकारी पत्रका साथै वार्षिक प्रतिवेदन पुस्तिकाको विद्युतीयप्रति पठाउने व्यवस्था गरिएको छ । कुनै कारणवश उक्त पुस्तिका नपाउन भएमा कम्पनीको रजिष्टर्ड कार्यालय, शक्तिविनायक मार्ग, गैरीगाउँ काठमाडौंबाट प्राप्त गर्न सक्नु हुनेछ ।
अन्य जानकारीको लागि कम्पनीको रजिष्टर्ड कार्यालय, शक्तिविनायक मार्ग, गैरीगाउँ, काठमाडौंमा सम्पर्क राख्नु हुन अनुरोध छ ।



