NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Ten Banks to Invest NPR 52.5 Billion in Budhi Gandaki Hydropower Project
    बूढी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि १० बैंकको ५२ अर्ब ५० करोड ऋण लगानी
    Investor
    1 min read
    Published on August 12, 2025
    NEPSE TRADING

    बूढी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि १० बैंकको ५२ अर्ब ५० करोड ऋण लगानीTen Banks to Invest NPR 52.5 Billion in Budhi Gandaki Hydropower Project

    निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत आयोजना मानिने बूढी गण्डकी जलविद्युत परियोजनाका लागि १० वटा बैंकले संयुक्त रूपमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। गोरखा र धादिङ जिल्लाको सिमानामा निर्माण हुन लागेको ३४१.५ मेगावाट क्षमताको यो आयोजनाका लागि बिहीबार निर्माणकर्ता टाइम्स इनर्जी प्रा.लि. र बैंकहरूबीच औपचारिक सम्झौता सम्पन्न भएको हो।

    सम्झौताअनुसार, सबैभन्दा बढी एनआइएमबी बैंकले १० अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ। त्यस्तै लक्ष्मी सनराइज बैंक र नविल बैंकले समान रूपमा ८ अर्ब–८ अर्ब, ग्लोबल आइएमई बैंकले ७ अर्ब, माच्छापुच्छ्रे बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले समान ४ अर्ब–४ अर्ब, प्रभु बैंक, नेपाल पूर्वाधार बैंक लिमिटेड र सिटिजन्स बैंकले समान ३ अर्ब–३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ ऋण उपलब्ध गराउनेछन्।

    अर्ध-जलाशय (पीआरओआर) प्रविधिमा निर्माण हुने यो आयोजना ७० अर्ब रुपैयाँ लागतमा सम्पन्न हुने अनुमान छ। लागतको ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइनेछ। टाइम्स इनर्जीका प्रशासन प्रमुख गोविन्दचन्द्र ढुंगानाका अनुसार आयोजना पाँच वर्षभित्र, २०८७ साल पुससम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    आयोजनाबाट वार्षिक १,८६७ गिगावाट विद्युत उत्पादन हुनेछ, जुन करिब ४५ किलोमिटर लामो २२० केभी प्रसारण लाइनमार्फत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) द्वारा निर्माणाधीन ४०० केभी नुवाकोटको रातमाटे सबस्टेसनमा जोडिनेछ।

    डिजाइनअनुसार, आयोजना बूढी गण्डकी नदीको दायाँ किनारमा मुख्य संरचना रहनेछ र दैनिक ५ घण्टाको दरले पिकिङ गर्न सक्ने पोखरी निर्माण गरिनेछ। यसको डिजाइन बहाव १००.२७ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ३९८ मिटर रहनेछ। बाँधबाट पानी इन्टेकमार्फत सेटलिङ बेसिन, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप हुँदै भूमिगत विद्युत गृहमा पुग्नेछ।

    भूमिगत विद्युत गृहमा ५७ मेगावाट क्षमताका ६ वटा भर्टिकल एक्सिस पेल्टोन टर्बाइनमार्फत विद्युत उत्पादन गरिनेछ। आयोजनाले २०८० साल पुस ५ गते विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ।

    Ten banks have agreed to jointly invest NPR 52.5 billion in the Budhi Gandaki Hydropower Project, considered the largest hydropower project in the private sector. The 341.5 MW project will be built on the border of Gorkha and Dhading districts, and an agreement between the developer, Times Energy Pvt. Ltd., and the banks was signed on Thursday.

    As per the agreement, NIMB Bank will invest the highest amount at NPR 10 billion. Laxmi Sunrise Bank and Nabil Bank will each invest NPR 8 billion, Global IME Bank will invest NPR 7 billion, Machhapuchchhre Bank and Hydroelectricity Investment and Development Company Limited (HIDCL) will each invest NPR 4 billion, Prabhu Bank, Nepal Infrastructure Bank Limited, and Citizens Bank will each invest NPR 3 billion, while Agricultural Development Bank will contribute NPR 2.5 billion.

    The semi-reservoir (PROR) project is estimated to cost NPR 70 billion, of which 75% will be financed through loans and 25% through equity. According to Times Energy Administrative Chief Govinda Chandra Dhungana, the project aims to be completed within five years, by Poush 2087 (January 2031).

    The project will generate 1,867 GWh of electricity annually, which will be transmitted via a 45 km long 220 kV transmission line to the 400 kV Ratmate substation in Nuwakot, being constructed under the Millennium Challenge Corporation (MCC) project.

    The main structure of the project will be located on the right bank of the Budhi Gandaki River, with a reservoir designed for 5 hours of daily peaking. The project’s design flow is 100.27 cubic meters per second, with a total head of 398 meters. Water from the dam will be diverted through the intake to the settling basin, headrace tunnel, surge shaft, and penstock pipe before reaching the underground powerhouse.

    The underground powerhouse will house six vertical-axis Pelton turbines, each with a capacity of 57 MW. The project has already completed its feasibility study and obtained a generation license from the Department of Electricity Development on Poush 5, 2080 (December 21, 2023).

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026