तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी पुस १८ गते शनिबार नवौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। मंसिर ६ गते बसेको सञ्चालक समितिको ७० औँ बैठकले काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा दिउँसो १ बजे सभा बोलाउने निर्णय गरेको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, आगामी वर्षको कार्ययोजना तथा लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्नेछ। साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्तावसमेत सभामा पेस हुनेछ।
विशेष प्रस्तावतर्फ कम्पनीको प्रबन्धपत्रको दफा ४ र ६ तथा नियमावलीको नियम १० र २७ मा संशोधन गर्ने र नियमनकारी निकायको सुझावअनुसार परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा राखिएको छ। यस्तै, सञ्चालकहरूको सुविधा निर्धारण र प्रबन्धपत्र संशोधन अभिलेख भएपछि सोहीबमोजिम सञ्चालक समितिको निर्वाचन प्रक्रिया अघि बढाउने प्रस्तावसमेत सभाले टुंगो लगाउनेछ।
साधारण सभा तथा सञ्चालक निर्वाचन प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते बुधबार एक दिन सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ। यसअनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा कायम सेयरधनीले मात्र सभामा सहभागी हुन र मतदान गर्न पाउनेछन्।
Terhathum Power Company Limited has convened its 9th Annual General Meeting (AGM) for Saturday, Poush 18. The 70th meeting of the Board of Directors, held on Mangsir 6, decided to host the assembly at Anupam Foodland and Banquet in Battisputali, Kathmandu, starting at 1:00 PM.
The assembly will approve the annual report for the fiscal year 2082/83, the action plan for the upcoming year, and the audited financial statements—including the balance sheet, profit and loss account, and cash flow statement. Ordinary proposals on the agenda also include appointing an external auditor and determining their remuneration for the current fiscal year 2083/84.
Under special proposals, the meeting will amend Clauses 4 and 6 of the Memorandum of Association and Rules 10 and 27 of the Articles of Association, while authorizing the Board of Directors to make any modifications suggested by regulatory authorities. Additionally, the assembly will decide on directors' facilities and initiate the election process for the Board of Directors once the amended governing documents are officially recorded.
For the purpose of the AGM and board elections, the company will close its shareholder register (book closure) for one day on Wednesday, Mangsir 16. Accordingly, only shareholders who trade on the Nepal Stock Exchange (NEPSE) and are registered with share registrar Nabil Investment Banking up to Mangsir 15 will be eligible to attend the assembly and cast their votes.