NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. The King of Nepal's Stock Market: Millions in Shares and Dozens of Tips
    शेयर बजारका बादशाह : करोडौंको शेयर, दर्जनौं टिप्स
    Investor
    3 min read
    Updated on November 18, 2024
    Dipesh Ghimire

    शेयर बजारका बादशाह : करोडौंको शेयर, दर्जनौं टिप्स The King of Nepal's Stock Market: Millions in Shares and Dozens of Tips

    विक्रम संवत् २०११ सालमा तनहुँ जिल्लाको बन्दीपुरमा जन्मिएका निर्मल प्रधान नेपाली शेयर बजारका बादशाहको रूपमा परिचित छन्। उनको शेयर बजारमा कारोबार गर्ने शैली र उच्च जोखिम उठाउने क्षमताका कारण उनी नेपाली शेयर बजारमा निकै चर्चित छन्। ५०० कित्ता शेयर खरिद गरेर २०५६ सालमा नेपाली शेयर बजारमा प्रवेश गरेका निर्मल प्रधानसँग सञ्चारकर्मी दिपेश घिमिरेले गरेको अन्तर्वार्ता यस्तो छः

    प्रश्नः हालसम्म कति वटा बुल र बियर देख्नुभएको छ?
    हालसम्म चार-पाँच वटा बुल र बियरको अनुभव गरेको छु। म पहिलो पटक शेयर बजारमा प्रवेश गर्दा बुल लगभग अन्तिम चरणमा रहेछ। त्यो बेला मैले आफ्नो सबै रकम लगानी गरेँ। तर, त्यसपछि बजार बियरिस ट्रेण्डमा जान थाल्यो, जुन मलाई थाहा भएन। समयमै बेच्न नसक्दा मैले जीवनभर जम्मा गरेको सम्पूर्ण नगद लगभग ४५ दिनमा गुमाएँ।

    प्रश्नः "टेक्निकल एनालाइसिस" र "फण्डामेन्टल एनालाइसिस" मध्ये कुनलाई बढी विश्वास गर्नुहुन्छ? के कुरामा ध्यान दिनुहुन्छ?
    शुरुवाती चरणमा "टेक्निकल एनालाइसिस" के हो भन्ने नै थाहा थिएन। तर, अहिले धेरै लगानीकर्ताहरू "टेक्निकल एनालाइसिस" हेरेर लगानी गर्ने गरेको पाएको छु। त्यसमा पनि "चार्ट" र "प्याटर्न"लाई हेरेर लगानी गर्ने परिपाटी रहेको छ। समय र परिस्थितिअनुसार चल्नुपर्ने भएकोले अहिले आएर मैले पनि "टेक्निकल एनालाइसिस"लाई विश्वास गर्न थालेको छु।

    यो अहिले विश्वव्यापी मान्यता नै भइसकेको छ। अन्य देशमा समेत लगानी गर्दा "टेक्निकल एनालाइसिस"लाई नै प्राथमिकता दिइन्छ। त्यसैले अहिले म र मेरो छोराहरू पनि लगानी गर्दा यसैलाई ध्यान दिन्छौं।

    प्रश्नः हजुरलाई बजार कहाँसम्म पुग्छ जस्तो लाग्छ?
    बजार त निश्चित रूपमा माथि नै जाने देखिएको छ। ३२०० क्रस नगरुन्जेल म बुल मान्दिन। तर, बुलको प्राथमिक चरण त सुरु भइसकेको छ। धेरै लगानीकर्ताहरूले ४०००÷४५०० सम्म बजार पुग्ने अनुमान गरेका छन्। तर, सम्बन्धित निकायले शेयर बजारलाई कसरी हेर्छ भन्ने प्रमुख कुरा हो।

    विगतको बुलमा पनि बजार राम्ररी नै चलिरहेको अवस्थामा सम्बन्धित निकायले शेयर बजारलाई असर गर्ने अनावश्यक नीति नियमहरू लागू गरे, जसले गर्दा नसोचेको स्थितिमा बजार घट्यो। अहिले पनि बजार ३६००÷४००० पुग्ला भन्ने अपेक्षा छ, तर देशको वर्तमान परिस्थितिले असर गर्न सक्छ। सरकार ढल्ने र मध्यावधि निर्वाचन हुने जस्ता हल्लाहरू पनि चलिरहेका छन्। यस्तो भएमा २०८२ सालमा बुल मार्केट हुने सम्भावना कम हुन्छ। यसले पुनः लगानीकर्ताहरूलाई निराश बनाउने जोखिम छ।

    प्रश्नः आगामी बुललाई कुन सेक्टरले लिड गर्ला?
    विशेष रूपमा यही सेक्टरले बुल लिड गर्छ भनेर भन्न गाह्रो छ। अहिले लगानीकर्ताहरू "ग्रोथ कम्पनीहरू" भन्दा बढी "डिभिडेन्ड कम्पनीहरू" मा आकर्षित भएको देखिन्छ, र बजारको प्रदर्शन पनि यस्तै कम्पनीबाट आएको छ। तर, लगानीकर्ताले जुन सेक्टरमा आफ्नो भविष्य देख्छन् र विश्वास गर्छन्, त्यही सेक्टरले बुल लिड गर्छ। त्यसैले विशेष रूपमा कुनै एक सेक्टर तोक्न कठिन छ।

    प्रश्नः अहिलेको अवस्थामा लगानी गर्न लगानीकर्ताले कस्ता कम्पनीहरू छनोट गर्न उपयुक्त हुन्छ?
    मेरो विचारमा "कम जोखिम भएका स्थिर कम्पनीहरू" मा लगानी गर्दा डुब्ने सम्भावना कम हुन्छ। विभिन्न सेक्टरका कम्पनीहरू मध्ये, केही राम्रो अवस्थामा छन् भने केही जोखिमपूर्ण छन्। हालको अवस्थामा अन्य क्षेत्रको तुलनामा नेपाल राष्ट्र बैंकले समेत अनुगमन गर्ने भएकाले बैंकिङ क्षेत्रका कम्पनीहरूमा लगानी गर्न बढी सुरक्षित लाग्छ।

    प्रश्नः हजुरको कारोबारको शैली कस्तो छ?
    हाल मेरो लगानीको रणनीति भन्दा पनि बढी मेरा छोराहरूले हेर्ने गरेका छन्। मेरो लगानीको रणनीति प्रायः "दीर्घकालीन नाफा" का लागि हुन्छ। हाल म लगानी मात्र गरिरहेको छु। आगामी मौद्रिक समीक्षाले राम्रो नीति लिइदिएमा अझ बढी लगानी गर्ने हौसला प्राप्त हुनेछ।

    प्रश्नः हाल धेरै लगानीकर्ताहरूले थोरै नाफा हुँदा पनि नाफा बुक गरी हाल्ने परिपाटी देखिन्छ। यसमा हजुरको धारणा कस्तो रहेको छ?
    लगानीको रणनीति आ-आफ्नै हुन्छ, र लगानीकर्ताले आफ्नो क्षमता अनुसार लगानी गर्छन्। लगानीकर्ताले आफ्नो पुँजी परिचालन गर्नुपर्छ। जस्तै, सानो लगानीकर्ताले लामो समयसम्म पुँजी जाम राख्न गाह्रो हुन्छ, र उसले बिच-बिचमा आफ्नो पुँजीलाई बढाउँदै जानु आवश्यक छ। त्यसैले, लगानीकर्ताले आफ्नो क्षमता अनुसार दीर्घकालीन वा अल्पकालीन रणनीति बनाउनुपर्छ। तर, अहिलेको परिप्रेक्ष्यमा यो समय लगानी गर्ने अत्यन्तै उपयुक्त समय हो। निर्धक्क भएर लगानी गर्न र दीर्घकालीन रूपमा बजारमा रहन यो उत्तम समय हो।

    प्रश्नः अहिलेको परिस्थितिमा शेयर बजारका लागि सरकारले के गर्दा उपयुक्त हुन्छ जस्तो लाग्छ?
    सर्वप्रथम, सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्छ। अध्यक्षविहीन धितोपत्र बोर्डले लगानीकर्ताको हितका लागि प्रभावकारी काम गर्न सक्दैन। मौद्रिक समीक्षाले लगानीकर्ताको हितमा कुनै राम्रो नीति ल्याए पनि अध्यक्षविहीन अवस्थामा तिनलाई लागू गर्न कठिन हुन्छ।

    नेपाल राष्ट्र बैंकले ठूला लगानीकर्तालाई लक्षित गर्दै लोनको सीमा १५ करोडमा सीमित गरेको छ। यो निर्णयले बाहिरी लगानीकर्तालाई बजारमा प्रवेश गर्न कठिन बनाउँछ। ठूला लगानीकर्ताहरूलाई सीमित गरेर दीर्घकालीन रूपमा शेयर बजारको प्रगति हुन सक्दैन। साथै, कानूनी रूपमा भिन्न रहेका परिवारले पनि ऋण लिन नसक्ने नियमले समस्या थपेको छ। यसलाई परिमार्जन गर्न आवश्यक छ।

    शेयर धितोमा राख्ने १२५% कर्जाको सीमा राष्ट्र बैंकले १००% मा ल्याउन जरुरी छ। यसले लगानीकर्तालाई थप प्रोत्साहन दिन्छ र बैंकहरूलाई नियमित शेयर कारोबार गर्न सजिलो बनाउँछ।

    प्रश्नः आजको अन्तर्वार्तामा यहाँको भन्नु केही छ?
    हामीले शेयर बजार प्रवेश गर्दा "प्राविधिक विश्लेषण" (टेक्निकल एनालाइसिस) भन्ने कुरा थिएन। थोरै मात्र मानिस यस क्षेत्रमा आवद्ध थिए। अहिले आएर मलाई पनि प्राविधिक विश्लेषण अति आवश्यक लाग्न थालेको छ। संसारले अंगीकार गरेको यो विधि हाम्रा लागि पनि महत्त्वपूर्ण छ।

    हाल करिब २५-३० लाख लगानीकर्ताहरूले प्राविधिक विश्लेषण गरेर मात्रै व्यापार गर्छन्। यसले बजारलाई थप पारदर्शी बनाएको छ। मैले विगतमा दीर्घकालीन लगानीलाई प्राथमिकता दिए पनि अहिले समय अनुसार परिवर्तन भएको छु। सरकारले गलत नीति बनाउँदै पैसा बजारबाट बाहिर निकाल्ने र लगानीको वातावरण सिर्जना नगर्ने प्रवृत्तिले शेयर बजारलाई ठूलो हानी पुर्‍याएको छ। यसले दीर्घकालीन विकास असम्भव बनाउँछ।

    हालको समय शेयर बजारमा लगानी गर्ने सुवर्ण अवसर हो। तपाईँले गरेको लगानीले छोटो अवधिमा नै राम्रो प्रतिफल दिन सक्छ। संयमित र धैर्यताका साथ तपाईँसँग भएको सानो पुँजी पनि लगानी गर्नुस्। धन्यवाद।

    Born in 2011 BS in Bandipur, Tanahun, Nirmal Pradhan is recognized as the king of Nepal's stock market. Renowned for his trading style and ability to take high risks, he is a celebrated figure in Nepal’s stock market. Having started with 500 shares in 2056 BS, Nirmal Pradhan shared insights about his journey in an exclusive interview with journalist Dipesh Ghimire.

    Q: How many bull and bear markets have you experienced so far?

    I have witnessed four to five bull and bear cycles. When I first entered the stock market, the bull run was nearing its end. I invested all my money then, unaware of the approaching bearish trend. Unfortunately, I couldn’t sell in time and lost all my cash, saved over a lifetime, within just 45 days.

    Q: Between technical and fundamental analysis, which do you trust more?

    Initially, I didn’t even know what technical analysis was. Nowadays, many investors rely on technical analysis, focusing on charts and patterns. Over time, I’ve also come to trust technical analysis as it has become a globally accepted standard. Even when investing internationally, I prioritize technical analysis. My sons and I now use this method for all our investments.

    Q: Where do you see the market heading?

    The market will definitely go higher. I won’t call it a bull market until it crosses 3200. However, the primary phase of the bull market has already started. Many investors predict the market could reach 4000–4500. Still, regulatory policies will play a major role.

    In the past, sudden regulatory interventions derailed a thriving bull market. Currently, expectations are for the market to hit 3600–4000, but political instability, such as rumors of government collapse or midterm elections, could delay the bull market until 2082 BS.

    Q: Which sector do you think will lead the next bull run?

    It’s hard to pinpoint one sector. Investors currently seem more inclined toward dividend-paying companies rather than growth-focused ones. Whichever sector instills confidence among investors is likely to lead the next bull run.

    Q: Which type of companies should investors choose in the current scenario?

    I believe stable, low-risk companies are ideal. Among various sectors, banking appears safer since the Nepal Rastra Bank also monitors it. However, every sector has its opportunities and risks.

    Q: What is your trading strategy?

    My investment strategy primarily focuses on long-term gains. These days, my sons manage most of our portfolio. If upcoming monetary policies are favorable, I will increase my investments significantly.

    Q: Many investors book profits early. What’s your take on this?

    Investment strategies vary. Small investors, in particular, may find it challenging to keep their capital locked for long periods. Therefore, it’s crucial for investors to devise strategies based on their capacity. That said, this is an excellent time for long-term investments in the market.

    Q: What can the government do to improve the stock market?

    Firstly, appointing a chairperson for the Securities Board of Nepal is critical. Without leadership, even beneficial policies will remain ineffective. Additionally, the Nepal Rastra Bank’s restriction of loans to a 15-crore limit for large investors hinders market growth. Revising this policy and allowing more flexibility in stock-based loans would boost market activity.

    Q: Any final thoughts?

    When I entered the market, technical analysis wasn’t a thing. Over time, it has proven to be essential. Currently, around 2.5–3 million investors rely solely on technical analysis, making the market more transparent.

    Finally, this is a golden time to invest in the stock market. With patience and proper planning, even a small investment can yield significant returns. Thank you!

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026