NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. The market mood has yet to recover, volatility remains high, trading activity stays sluggi...
    शेयर बजारमा अझै फर्किएन माहोल, तीव्र उतारचढाव कायम, कारोबारमा सुस्तता जारी, स्मार्ट मनी खरिदतर्फ सक्रिय, प्राविधिक रूपमा बजार अझै कमजोर अवस्थामा
    Investor
    3 min read
    Updated on April 30, 2026
    Dipesh Ghimire

    शेयर बजारमा अझै फर्किएन माहोल, तीव्र उतारचढाव कायम, कारोबारमा सुस्तता जारी, स्मार्ट मनी खरिदतर्फ सक्रिय, प्राविधिक रूपमा बजार अझै कमजोर अवस्थामा The market mood has yet to recover, volatility remains high, trading activity stays sluggish, smart money is gradually building buying positions, and technically the market is still weak

    Dipesh Ghimire

    नेपाली शेयर बजारमा गिरावटको सिलसिला जारी रहँदै लगातार तेस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन दिनको कारोबारमा सूचक झण्डै ५८ अंकले घट्दा बजारमा निरन्तर बिक्री दबाब रहेको स्पष्ट संकेत देखिएको छ । लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा बजारले पुनः गति लिन नसकेको अवस्था झल्किएको छ । बिहीबार नेप्से परिसूचक ५.७३ अंकले घटेर २,७३८.७२ विन्दुमा झरेको छ। यसअघि मंगलबार २६.१६ अंक र बुधबार २५.८१ अंकले घटेको थियो। साताको अन्तिम कारोबार दिनसमेत घटेर बन्द हुँदा बजारले लगातार ओरालो यात्रालाई कायम राखेको देखिन्छ। शुक्रबार सार्वजनिक विदा परेकाले अब नियमित कारोबार सोमबार मात्र खुल्नेछ, जसले लगानीकर्तामा थप प्रतीक्षाको अवस्था सिर्जना गरेको छ । यस दिन अन्य सूचकहरूमा पनि सामान्य गिरावट देखिएको छ । सेन्सेटिभ इण्डेक्स ०.०७ अंकले घट्दा फ्लोट इण्डेक्स ०.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेका छन्। सूचकहरूमा आएको यो हल्का गिरावटले बजारमा व्यापक उतारचढाव नभए पनि समग्र प्रवृत्ति नकारात्मक रहेको संकेत गरेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ । बुधबार ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३४६ कम्पनीका ८० हजारभन्दा बढी कारोबारमार्फत करिब ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यसले बजारमा सक्रियता केही घटेको देखाउँछ ।बजारमा मिश्रित अवस्था देखिए पनि गिरावटतर्फ झुकाव बढी देखिएको छ । कुल ९८ कम्पनीको शेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ । यसले अधिकांश कम्पनीमा बिक्री दबाब हाबी रहेको स्पष्ट पार्छ । उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ११ उपसमूह घटेका छन्। बैंकिङ र उत्पादन तथा प्रशोधन उपसमूह मात्र सामान्य रूपमा बढ्न सफल भएका छन् भने अन्य सबै उपसमूहमा गिरावट देखिएको छ। यद्यपि अधिकांश उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा कम रहेकाले बजारमा तीव्र गिरावट भने देखिएको छैन । व्यक्तिगत कम्पनीतर्फ श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको शेयर मूल्य सर्वाधिक १२.५७ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १०.३८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहँदा आँखु खोला जलविद्युत र नेशनल हाइड्रोपावर कम्पनी पनि सक्रिय कारोबार भएका कम्पनीमा परेका छन् । समग्रमा, बजारले छोटो अवधिमा निरन्तर दबाब झेलेको देखिए पनि ठूलो गिरावट नआएको अवस्थाले लगानीकर्ता अझै ‘पर्ख र हेर’ को मनस्थितिमा रहेको संकेत गर्दछ । आगामी कारोबार दिनमा बजारको दिशा निर्धारणमा लगानीकर्ताको विश्वास र नयाँ सकारात्मक सूचनाको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

    अब लागौ प्राविधिक विश्लेषण तर्फ

    नेपाली शेयर बजारले प्राविधिक रूपमा महत्वपूर्ण सपोर्ट जोनलाई पुनः एकपटक सम्मान गरेको संकेत देखिएको छ । बिहीबारको कारोबारमा नेप्से परिसूचक २०० दिने मूभिङ एभरेज र ट्रेन्डलाइन सपोर्ट नजिकै पुगेपछि त्यहीँबाट रियाक्सन दिँदै डोजी क्यान्डल बनाएर बन्द भएको छ । यसले बजार हाल निर्णायक मोडमा रहेको र अबको चाल महत्वपूर्ण हुने संकेत गरेको छ । चार्ट विश्लेषणअनुसार २०० दिने मूभिङ एभरेज आसपास बजारले विगतमा पटक–पटक प्रतिक्रिया दिएको इतिहास रहेको छ । अहिले पनि सोही स्तरमा बजार टिकेर प्रतिक्रिया दिएको देखिएकाले प्राविधिक रूपमा यो क्षेत्र बलियो सपोर्टको रूपमा पुष्टि भएको छ । आरएसआई करिब ४० को आसपास आइपुगेको छ, जुन सामान्यतया ‘रियाक्सन जोन’ मान्न सकिने प्राविधिक विश्लेषक अजीत खनाल बताउनछन् । यसले बजार अत्यधिक ओभरसोल्ड नभए पनि कमजोर अवस्थाबाट फर्किने सम्भावना संकेत गरेको छ । यसबीच ए डि एक्स सूचक माथि लाग्न थालेको देखिएको छ, जसले बजारमा ट्रेन्डको शक्ति बढ्न सक्ने संकेत गर्छ । यद्यपि, यो शक्ति कुन दिशामा जान्छ भन्ने अझै स्पष्ट छैन । यदि आगामी दिनमा बजारले ‘लोअर लो’ बनाउँदै ए डि एक्स अझै माथि बढ्यो भने गिरावट थप बलियो बन्न सक्ने जोखिम रहन्छ । तर सकारात्मक परिदृश्यमा बजारले यही सपोर्टबाट उकालो लिँदै ‘हायर हाई’ क्यान्डल बनायो भने पुनः बुलिश गति देखिन सक्छ । दिनभरको कारोबार हेर्दा बजारले सामान्य ग्यापडाउन ओपन गरेको थियो र बिहान ११ः२१ बजे डे–लो बनाएको देखिन्छ । त्यसपछि मध्यान्हतिर विशेषगरी बैंकिङ र जलविद्युत समूहमा देखिएको खरिद चापले सूचकलाई माथि तानेको थियो । बजारले करिब १ः१७ बजे डे–हाई बनाएको भए पनि त्यसपछि पुनः बिक्री दबाब बढ्दै अन्त्यमा सुधार कायम राख्न सकेन । विशेषगरी शीर्ष १० ब्रोकरको गतिविधि हेर्दा ७ ब्रोकरले खरिदभन्दा बढी बिक्री गरेको देखिन्छ । पछिल्ला केही दिनदेखि ठूला ब्रोकरहरू बिक्रीतर्फ झुकेको प्रवृत्तिले बजारमा दबाब कायम रहेको पुष्टि गर्छ । समग्रमा, बजारले महत्वपूर्ण सपोर्ट जोन परीक्षण गरिसकेको अवस्थामा अबको प्रमुख प्रतीक्षा ‘हायर हाई’ क्यान्डलको रहेको छ। यही स्तरबाट मजबुत उकालो लागेमा बजारले पुनः आत्मविश्वास पाउने सम्भावना रहन्छ, अन्यथा गिरावटको जोखिम अझै कायम रहने देखिन्छ ।

    Dipesh Ghimire

    Nepal’s stock market continued its downward trajectory, with the NEPSE index closing lower for the third consecutive trading day. Over the past three sessions, the index has declined by nearly 58 points, signaling persistent selling pressure in the market. Weakening investor sentiment has been evident, as the market has struggled to regain upward momentum.

    On Thursday, the NEPSE index dropped by 5.73 points to close at 2,738.72. Earlier, the index had fallen by 26.16 points on Tuesday and 25.81 points on Wednesday. With the market ending the final trading day of the week in the red, the downward trend appears firmly intact. As Friday is a public holiday, trading will resume only on Monday, leaving investors in a wait-and-watch mode.

    Other indices also showed mild declines. The sensitive index slipped by 0.07 points, the float index by 0.29 points, and the sensitive float index by 0.01 points. Although the declines were not steep, they reflect an overall negative sentiment in the market.

    Turnover also decreased slightly compared to the previous day. While Wednesday recorded a कारोबार of NPR 4.98 billion, Thursday saw transactions worth approximately NPR 4.91 billion through over 80,000 trades across 346 companies. This indicates a slight drop in market activity.

    Market breadth remained negative, with more stocks declining than advancing. Share prices of 98 companies increased, while 161 declined and 10 remained unchanged, highlighting dominant selling pressure across most sectors.

    Sector-wise, 11 out of 13 sub-indices ended in the red. Only the banking and manufacturing & processing sectors posted modest gains, while all other sectors declined. However, since most sectoral losses remained below 1 percent, the market did not witness a sharp correction.

    At the individual stock level, Srinagar Agritech Industries recorded the highest gain of 12.57 percent, while Corporate Development Bank saw the steepest decline of 10.38 percent. In terms of turnover, Reliance Spinning Mills led the market, followed by Ankhu Khola Hydropower and National Hydropower Company.

    Overall, despite the continued short-term pressure, the absence of a sharp fall suggests that investors are still in a cautious “wait and see” mode. The market’s direction in the coming sessions will largely depend on investor confidence and the emergence of positive triggers.

    From a technical perspective, the market has shown signs of respecting a key support zone. On Thursday, the NEPSE index reacted near the 200-day moving average and trendline support, forming a doji candle — a signal of indecision and a potential turning point.

    Historically, the market has reacted multiple times around the 200-day moving average, and the current reaction reinforces this level as a strong support zone. The Relative Strength Index (RSI) has dropped to around 40, which is generally considered a reaction zone. According to technical analyst Ajit Khanal, this suggests that while the market is not yet oversold, there is potential for a rebound from current levels.

    Meanwhile, the Average Directional Index (ADX) has started trending upward, indicating that the strength of the prevailing trend may increase. However, the direction remains uncertain. If the market forms a lower low while ADX continues rising, it could signal a stronger bearish trend. On the other hand, if the market rebounds from this support and forms a higher high, a bullish momentum could re-emerge.

    During the trading session, the market opened with a slight gap-down and hit its day-low at around 11:21 AM. Later, buying interest—particularly in the banking and hydropower sectors—pushed the index higher, reaching the day-high at around 1:17 PM. However, renewed selling pressure in the final hours erased those gains.

    Activity among the top brokers also reflected a bearish bias, with 7 out of the top 10 brokers being net sellers. This ongoing selling trend among large brokers further confirms the prevailing pressure in the market.

    In conclusion, as the market tests a crucial support zone, the key trigger ahead is the formation of a “higher high” candle. A strong upward move from this level could restore investor confidence, while failure to hold support may lead to further downside risk.

    Trending News

    • Trending11 Jun, 2026

      फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन

      Read news
    • Trending11 Jun, 2026

      आफ्नै पसलमा आफैँले चोरी : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल

      Read news
    • Trending11 Jun, 2026

      आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो

      Read news

    Related News

  • फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन
    Trending

    1 min read

    फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • आफ्नै पसलमा आफैँले चोरी  : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल
    Investor

    2 min read

    आफ्नै पसलमा आफैँले चोरी : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो
    Investor

    1 min read

    आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • राष्ट्र बैंकको नयाँ निर्देशन : जग्गा नापी र स्थानीय तहको सेवाशुल्क अब 'मेरो कित्ता' बाहेक अन्य माध्यमबाट तिर्न नपाइने, सबै वर्गका बैंक तथा लघुवित्त संस्था बाध्य
    Top

    1 min read

    राष्ट्र बैंकको नयाँ निर्देशन : जग्गा नापी र स्थानीय तहको सेवाशुल्क अब 'मेरो कित्ता' बाहेक अन्य माध्यमबाट तिर्न नपाइने, सबै वर्गका बैंक तथा लघुवित्त संस्था बाध्य

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • सर्वोत्तम पेन्ट्सको सार्वजनिक निष्काशन : लगानीकर्ताका लागि के जान्न जरुरी छ ?
    Investor

    1 min read

    सर्वोत्तम पेन्ट्सको सार्वजनिक निष्काशन : लगानीकर्ताका लागि के जान्न जरुरी छ ?

    NEPSE TRADING

    ·

    11 Jun, 2026