NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. The New Fiscal Year 2081/82 Begins, Budget Implementation in Progress
    नयाँ आर्थिक वर्ष २०८१/८२ शुरु, बजेट कार्यान्वयनमा
    Investor
    1 min read
    Published on July 16, 2024
    NEPSE trading

    नयाँ आर्थिक वर्ष २०८१/८२ शुरु, बजेट कार्यान्वयनमा The New Fiscal Year 2081/82 Begins, Budget Implementation in Progress

    आजदेखि नयाँ आर्थिक वर्ष २०८१/८२ को शुरुवात भएको छ। यस आर्थिक वर्षको शुरुवातसँगै सरकारले नयाँ बजेट पनि कार्यान्वयनमा ल्याएको छ। गएको जेठ १५ गते सरकारले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो।

    बजेटको वितरण

    बजेट अनुसार विभिन्न क्षेत्रहरूमा यसरी विनियोजन गरिएको छ:

    • चालू खर्च: ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत)

    • पुँजीगत खर्च: ३ खर्ब ५२ अर्ब

    • वित्त व्यवस्थापन: ३ खर्ब ६७ अर्ब

    अघिल्लो वर्षको बजेट

    अघिल्लो आर्थिक वर्षमा कांग्रेसका अर्थमन्त्री डा. प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा गर्नुभएको थियो। तर, माघ अन्तिममा बजेटको संशोधित खर्च अनुमान १५ खर्ब ३० अर्ब रुपैयाँ रहेको थियो। आर्थिक वर्ष २०८०/८१ मा मात्र ८० प्रतिशत बजेट खर्च भएको छ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार विनियोजित बजेटको ८०.४५ प्रतिशत अर्थात् १४ खर्ब आठ अर्ब ९८ करोड रुपैयाँ मात्रै खर्च भएको छ। यो आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै २० अर्ब रुपैयाँ कम बजेट खर्च भएको हो।

    चालू वर्षका प्राथमिकताहरू

    यस वर्षको बजेटमा अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, तथा रोजगारीको प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ। "डिजिटलाइजेसन र कृषिमा लगानी दशक" घोषणा गरिएको छ। साथै, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्ने, सरकारी तथा संगठित क्षेत्रमा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारी तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्दै विभिन्न कार्यक्रमहरू समेटिएका छन्।

    नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको बजेटलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ।

    The new fiscal year 2081/82 begins today, with the government also implementing the new budget. On the 15th of Jestha, the government allocated a budget of NPR 1860.30 billion for the current fiscal year.

    Budget Allocation

    The budget has been distributed across various sectors as follows:

    • Current Expenditure: NPR 1140.66 billion (61.31%)

    • Capital Expenditure: NPR 352 billion

    • Financial Management: NPR 367 billion

    Last Year's Budget

    In the previous fiscal year, Finance Minister Dr. Prakash Sharan Mahat of the Congress party had announced a budget of NPR 1751.31 billion. However, by the end of the fiscal year, the revised expenditure estimate was NPR 1530 billion. Only 80% of the budget was spent during the fiscal year 2080/81.

    According to the Office of the Comptroller General, only 80.45% of the allocated budget, i.e., NPR 1408.98 billion, was spent. This was almost NPR 20 billion less than the previous fiscal year.

    Priorities for the Current Year

    This year's budget prioritizes economic recovery and revival, productivity enhancement, and employment promotion. The government has announced a "Decade of Digitalization and Investment in Agriculture." Furthermore, the budget includes programs to expand the scope of the contribution-based social security program, encompassing temporary, contract, wage-based employees in government and organized sectors, and informal sector workers.

    Newly appointed Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel has committed to implementing the budget introduced by the previous government.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026