
बजेटमाथि प्रतिनिधि सभामा तीन दिन छलफल हुनेThree Days of Discussion on the Budget in the House of Representatives
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधि सभामा लगातार तीन दिन छलफल हुने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटसम्बन्धी विधेयक प्रस्तुत गरेपछि सभामुख डोलप्रसाद अर्यालले जेठ १८, १९ र २० गतेका लागि छलफलको समय निर्धारण गरेका हुन् ।
सभामुख अर्यालका अनुसार उक्त अवधिमा सांसदहरूले बजेटमाथि आफ्ना धारणा राख्नेछन् भने सरकारले उठेका प्रश्नको जवाफ दिनेछ ।
Kathmandu — The budget for the upcoming fiscal year 2083/84 will be discussed in the House of Representatives for three consecutive days.
After Finance Minister Dr. Swarnim Wagle presented the budget-related bill, Speaker Dol Prasad Aryal set aside Jestha 18, 19, and 20 for the discussion.
According to Speaker Aryal, lawmakers will present their views on the budget during this period, while the government will respond to the questions raised.




